दीपिकासँग मुक्तिनाथ पुगे पल

नायक पल शाहले करिअरको दोश्रो इनिङ सुरु गर्दैछन् । पलले अभिनय गरेको पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु २’ हो । यो फिल्म रिलिज भएपछि पल शाहले नयाँ फिल्ममा काम गरेका छैनन् । एक बर्ष निकै कष्टकर जीवन भोगेका यी नायकले अब भने करिअरको दोश्रो इनिङ सुरु गर्दैैछन् ।
उनै, पल बिहिबार बिहानै नायिका दीपिका प्रसाँइसँग मुक्तिनाथ पुगेका छन् । मुक्तिनाथ पुगेर दर्शन गरेका पलले भोलीबाट फिल्म ‘मायाबी’को छायांकन सुरु गर्दैछन् ।
यो फिल्म दीपिका र पल दुबैका लागि महत्वपूर्ण छ । किनकी, ‘ऐश्वर्य र छक्का पन्जा ३’बाट उदाएकी दीपिकाको करिअर पनि यसपछि सुखद हुन सकेको छैन । पल शाहले भने करिअरमा अब निकै ठूलो जादु देखाउनुपर्नेछ ।
यसैले, यी दुबै फिल्मको छायांकन सुरु हुनु अगाडि मुक्तिनाथको दर्शन गरेर आर्शिवाद लिएका छन् । नेपाली फिल्म भन्ने भाषा बदलिएको अवस्थामा पलमाथि चुनौतीको पहाड छ । दर्शकको रोजाइमा अर्गानिक कथाका फिल्म बढी परिरहँदा चकलेटी नायकहरुलाई नयाँ चिराबाट काम गर्नुपर्ने चुनौती छ ।
यो अवस्थामा पलले आफूलाई दर्शकमाझ कसरी ल्याउने हुन्, प्रतिक्षा सबैको छ ।

मन्त्री किरातीले सार्वजनिक गरे भिमको पालाम गीत ‘मिम्जिमा ए’

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

विधु विनोद चोपडासँग नजिक देखिएका प्रदीप ‘१२ वि फेल’को सक्सेस पार्टीमा पुगे

‘साङ्लो’ पछि विराजले घोषणा गरे ‘१२ गाउँ’

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

श्रृंखला र सम्भव मंसिर २८ मा लगनगाँठो कस्दै

प्रतिक्रिया