गौरवले गरे प्रेमिकासँग इन्गेजमेन्ट

नायक गौरव पहारीले इन्गेजमेन्ट गरेका छन् । आज काठमाडौंको होटल र्याडिसनमा आयोजित एक समारोहमा गौरवले प्रेमिका श्रेणी खतिवडासँग टिकाटालो गरेका हुन् । उनीहरुको इन्गेजमेन्ट समारोहमा फिल्म क्षेत्रका केही कलाकारको मात्र उपस्थिती थियो । 

आफन्त र परिवारका सदस्यहरुको उपस्थितीमा गौरवको श्रेणीसँग इन्गेजमेन्ट सम्पन्न भएको हो । उनीहरुको बिहे माघमा हुने निकट श्रोतले बताएको छ । 

श्रेणी फिटनेश पेसामा आबद्ध छिन् । विगत ४–५ बर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले बिहेमा परिणत गर्न लागेका हुन् । 

कामको कुरा गर्दा गौरवले नयाँ फिल्म ‘नम्बरी सुन र दुई कदम’मा काम गरेका छन् । उनले ‘होस्टेल’ फिल्मबाट रजतपटमा पाइला चालेका थिए ।