केकी र रीमाको ‘ह्याप्पी डिभोर्स’ घोषणा, विमलेशले निर्देशन गर्ने
विगत ७ बर्षदेखि अमेरिकामा रहँदै आएका कलाकार विमलेश अधिकारीले आज एक नयाँ फिलमको घोषणा गरेका छन् ।
विमलेशको कथा तथा निर्देशनमा निर्माण हुन लागेको फिल्मको नाम ‘ह्याप्पी डिभोर्सु’ राखिएको छ । रोशन घिमिरेको निर्माणमा तयार हुने यो फिल्ममा विमलेश अधिकारी, केकी अधिकारी र रीमा विश्वकर्मा मुख्य भूमिकामा रहनेछन् ।
फिल्ममा नवराज उप्रेतिको छायांकन, टेकेन्द्र शाहको सम्पादन, पुकारमणी राइको स्क्रिप्ट रहनेछ । यो फिल्मको छायांकन सन् २०२४ को सुरुवातमा हुनेछ । फिल्मलाई काठमाडौंमा खिचिने विमलेशले जानकारी दिए ।
फिल्म ‘ह्याप्पी डिभोर्स’ले डिभोर्स गरेर रमाउनुपर्छ भन्ने सन्देश नदिने नायिका रीमा विश्वकर्माले पत्रकार सम्मेलनमा बताइन् । तर, उनले जिन्दगीमा अगाडि बढ्न सक्नुपर्दछ भन्ने कथालाई फिल्मले प्रस्तुत गर्ने जानकारी दिइन् ।
यस्तै, नायिका केकी अधिकारीले विमलेशको एउटा सोच र सपना पुरा हुन लागेकोमा खुशी व्यक्त गरिन् । उनले, अलग हुने कुराले हामी कोही पनि खुशी हुन नसक्ने बताउँदै फिल्मले यसलाई नयाँ तरिकाले प्रस्तुत गर्ने जानकारी दिइन् ।
फिल्म ‘तुलसी’मा काम गरेपछि अमेरिका हानिएका विमलेश कुनै समय म्युजिक भिडियोमा सर्वाधिक रुचाइएका मोडल हुन् । अब, उनी निर्देशकको रुपमा अगाडि आउँदैछन् ।
प्रतिक्रिया