कौसिद ट्रेलरमा ऋणको कथा

अभिनेत्री ऋचा शर्मा र अभिनेता भोलाराज सापकोटा अभिनित फिल्म ‘कौसिद’को ट्रेलर सार्वजनिक गरिएको छ । ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको फिल्मको ट्रेलरले धेरै नेपालीको पीडा भाव बोल्छ ।
यही असोज २६ गतेबाट प्रदर्शनमा आउने फिल्मका निर्माता केदार भुषाल हुन् । विजया दशमीको छेको पारेर फिल्म प्रदर्शनमा ल्याउन लागिएको हो । फिल्ममा कुमार भास्करको निर्देशन छ ।
फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायतका कलाकारको अभिनय रहेको छ । फिल्मका कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सह–निर्माता लक्ष्मण बानियाँ हुन् ।
फिल्ममा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको कथा रहेको छ । निसाल पौडेलको छायाङ्कन रहेको फिल्ममा भीम विश्वकर्माको सम्पादन, सुदीप श्रेष्ठको कलर रहेको छ । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।

फिल्म छनोटमा गम्भिर बनेको छुः अनमोल केसी

‘पशुपति प्रसाद २: भष्मे डन’को ‘प्रेम शरणम्’ गीत सार्वजनिक, स्वस्तिमाको प्रेममा भ…

मेरो फिल्मकर्मी गौतम प्रेस काउन्सिल विधागत पत्रकारिताबाट पुरस्कृत

मोफसलका दर्शक फकाउँदै 'परदेशी २'

उच्च अदालत पाटनले चलचित्र विकास बोर्डसँग माग्यो उत्कृष्ट फिल्म घोषणा नगर्नुको का…

निर्माताका रुपमा मायावीमा जोडिए निर्देशक चन्द्र पन्त

उषा रजकको आरोप–‘अनुप बरालको एक्टर्स स्टूडियो ‘दुषित ठाउँ’

प्रतिक्रिया