साम्राज्ञीले गुमाएको एउटा अवसर

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेका २ फिल्म गतबर्ष बक्स अफिसमा पछारिए । नेपाली फिल्म क्षेत्रमा केही बर्ष अगाडि सर्वाधिक चर्चामा रहेकी साम्राज्ञीको स्टारडम अहिले ओझेलमा छ । उनलाई लिएर फिल्म बनाउन चाहने निर्माताहरुमा पनि उत्साह छैन ।
उनै, साम्राज्ञीले अभिनय गरेको फिल्म ‘नाङ्गो गाउँ’ शुक्रबारदेखि हलमा लागिरहेको छ । यो फिल्मको व्यापार सुरुवाती दिनमा आक्रामक रह्यो । आज तीजको बिदाको फाइदा फिल्मले उठाइरहेको छ । यसरीहेर्दा, यसपटक साम्राज्ञीलाई हिट फिल्मको क्रेडिट लिने ठूलो अवसर थियो ।
तर, फिल्मको छायांकन र डबिङपछि उनले यो फिल्मलाई समय नै दिइनन् । फिल्मको प्रचारमा नायक दयाहाङ राई र नायिका मिरुना मगर मात्र देखिए । साम्राज्ञी प्रिमियरमा मात्र झुल्किइन् ।
यदि, यो फिल्मको प्रचारमा राम्रोसँग साथ दिएको भए फिल्म सफलताको क्रेडिट साम्राज्ञीलाई पनि जाने थियो । तर, अहिले फिल्म सफलताको क्रेडिट दया र मिरुनाको जोडीले लिइरहेको छ ।
साम्राज्ञीका लागि फिल्म क्षेत्रमा बलियो बन्नका लागि फिल्म चल्न आवश्यक छ । तर, चलेको फिल्मको पनि क्रेडिट लिन नसक्दा साम्राज्ञीले ठूलो अवसर गुमाएकी छिन् ।
दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्मले शुक्रबार र शनिबार मात्र १ करोड ६० लाखको ग्रस कलेक्शन गरेको छ ।

फिल्म छनोटमा गम्भिर बनेको छुः अनमोल केसी

‘पशुपति प्रसाद २: भष्मे डन’को ‘प्रेम शरणम्’ गीत सार्वजनिक, स्वस्तिमाको प्रेममा भ…

मेरो फिल्मकर्मी गौतम प्रेस काउन्सिल विधागत पत्रकारिताबाट पुरस्कृत

मोफसलका दर्शक फकाउँदै 'परदेशी २'

उच्च अदालत पाटनले चलचित्र विकास बोर्डसँग माग्यो उत्कृष्ट फिल्म घोषणा नगर्नुको का…

निर्माताका रुपमा मायावीमा जोडिए निर्देशक चन्द्र पन्त

उषा रजकको आरोप–‘अनुप बरालको एक्टर्स स्टूडियो ‘दुषित ठाउँ’

प्रतिक्रिया