बैंकको सारथी बन्दै सेलिब्रेटी
कुनै पनि उत्पादनको बजार प्रवर्द्धनको माध्यम सेलिब्रेटी बनेका छन् भन्दा फरक नपर्ला । विज्ञापन होस् या ब्राण्डिङ जहीँतहीँ सेलिब्रेटीको उपस्थिति उल्लेख्य छ ।
बाटोमा हिँड्दा देखिने यो बैंकको डिजिटल विज्ञापन होस् या होर्डिङ बोर्ड, पम्पलेटमा यी सेलिब्रेटीको अनुहार प्रस्ट देख्न सकिन्छ । टेलिभिजन होस् या फिल्म हलमा आउने बैंकका विज्ञापनमा यी अनुहारलाई दर्शकले नियमित रूपमा हेरिरहेका छन् ।
एनआइसी एसिया बैंकको नारा ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नारा अधिकांश दर्शकको मुखमा झुन्डिएकै छ । यो बैंकको विज्ञापनमा राजेश हमाल, मनीषा कोइराला, दयाहाङ राई, केकी अधिकारीजस्ता फिल्म क्षेत्रका स्थापित नामको उपस्थितिले पनि बैंकलाई सर्वसाधारणमाझ पुग्नलाई सजिलो बनाइदिएको छ ।
दिग्गज कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लामो समयदेखि सानिमा बैंकसँग सहकार्य गर्दै आएका छन् । बुझिए अनुसार मदनकृष्ण र हरिवंश सानिमा बैंकको शेयर होल्डरसमेत हुन् ।
गायक प्रकाश सपुतसँग २०७७ सालदेखि प्रभु बैंकले ब्राण्ड प्रवर्द्धनको सहकार्य गर्दै आएको छ । यो बैंकसँग अभिनेता प्रदीप खड्का पनि जोडिएका छन् । त्यस्तै अभिनेत्री जसिता गुरुङ पनि यो बैंकसँग जोडिएकी छिन् ।
यस्तै, हास्य कलाकार जितु नेपाल कृषि विकास बैंक र रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड प्रवद्र्धनक हुन् । त्यस्तै, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन नेपाल बैंकका ब्राण्ड एम्बासडर हुन् । गायिका अस्मिता अधिकारी राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धनका रुपमासमेत कार्यरत छिन् ।
कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला लामो समयदेखि आइएमई समूहसँग जोडिएर समूहको बजार प्रवर्द्धन गरिरहेका छन् । उनीहरूसँगै यस बैंकको बजार प्रवर्द्धनमा चर्चित संगीतकार शम्भुजित बास्कोटा, अभिनेता रमेश उप्रेती र अभिनेत्री वर्षा सिवाकोटी पनि रहेका छन् ।
कलाकार सन्दीप क्षेत्री फोन पेको ब्राण्ड एम्बासडर हुन् । सन्दीप यसका अलावा थुप्रै बैंकको ब्राण्ड प्रवर्द्धनमा सहकार्य गरिरहेका छन् । उनी प्राय जहीँतहीँ देखिने गर्छन् ।
यस्तै, कामना सेवा विकास बैंकको नायक दिल श्रेष्ठ र कलाकर सोफी धरेल हालै सहकार्य सुरु गर्दै बैंकको ब्राण्ड प्रवर्द्धन गर्न थालेका छन् ।
त्यस्तै इ–सेवाको ब्राण्ड एम्बासडरमा विपिन कार्की र वर्षा राउत छन् भने, अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता तथा निर्देशक निश्चल बस्नेत र कलाकार दिव्य देव पनि जोडिँदै आएका छन् ।
यसअघि राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरका रूपमा ‘मिस नेपाल–२०१८’ विजेता श्रृङ्खला खतिवडा, ‘मिस नेपाल वर्ल्ड २०२२’ प्रियंकारानी जोशी, ‘मिस नेपाल वर्ल्ड २०२०’ नम्रता श्रेष्ठले काम गरिसकेका छन् ।
यता चर्चित हास्य कालाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे 'सुन्तली' पनि मुक्तिनाथ विकास बैंकसँग बजार प्रवर्द्धनको सहकार्य गरिरहेका छन् ।
यसरी स्थापित बैंकहरुसँग जोडिन पाउँदा सेलिब्रेटीहरु खुसी देखिन्छन् । आफ्नो ब्राण्डलाई उपभोक्ता माझ अझ परिष्कृत रूपमा चिनाउन पनि बैंकहरुले सेलिब्रेटीलाई बजार प्रवद्र्धकका रूपमा राख्दा बैंकहरुले आफ्नो गरिमा बढेको महशुस गरिरहेका छन् ।

फिल्म छनोटमा गम्भिर बनेको छुः अनमोल केसी

‘पशुपति प्रसाद २: भष्मे डन’को ‘प्रेम शरणम्’ गीत सार्वजनिक, स्वस्तिमाको प्रेममा भ…

मेरो फिल्मकर्मी गौतम प्रेस काउन्सिल विधागत पत्रकारिताबाट पुरस्कृत

मोफसलका दर्शक फकाउँदै 'परदेशी २'

उच्च अदालत पाटनले चलचित्र विकास बोर्डसँग माग्यो उत्कृष्ट फिल्म घोषणा नगर्नुको का…

निर्माताका रुपमा मायावीमा जोडिए निर्देशक चन्द्र पन्त

उषा रजकको आरोप–‘अनुप बरालको एक्टर्स स्टूडियो ‘दुषित ठाउँ’

प्रतिक्रिया