‘नाङ्गो गाउँ’को विकेन्ड कलेक्शनः १ करोड ६० लाख ग्रस

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा बम्पर सुरुवात गरेको छ । फिल्मले शुक्रबार र शनिबार दर्शकको ठूलो संख्यालाई हलमा तान्न सफल भएको हो ।
शुक्रबार यो फिल्मले बक्स अफिसमा ७० लाखको ग्रस कलेक्शन गरेको वितरक रोहित कट्टेलले जानकारी दिए । शुक्रबार ७० लाखको ग्रस कलेक्शन गरेको फिल्मले शनिबार देशभरका हलमा ९० लाखको ग्रस कलेक्शन गरेको हो ।
२ दिनमै फिल्मले बक्स अफिसमा १ करोड ६० लाखको ग्रस कलेक्शन गर्दै बम्पर सुरुवात गरेको हो ।
फिल्मले आज पनि राम्रो कलेक्शन गरिरहेको वितरक कट्टेलको भनाई छ । भोली तीजको बिदा र असोज ३ गते संविधान दिवसको बिदा परेकाले पनि फिल्मको व्यापारमा ठूलो प्रभाव पर्ने देखिन्छ । भोली तीजको बिदा परेकाले प्रदर्शकले फिल्मको शोज संख्या शुक्रबारको तुलानामा २५ प्रतिशतले बढाएका छन् । सोमबार यो फिल्मले नेपालभर १५० भन्दा बढी शोज पाएको छ । जसकाकारण, व्यापार फेरि आक्रामक हुने प्रक्षेपण गरिएको छ ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी लगायतका कलाकारको अभिनय छ ।
हिमाल कडरियाको प्रस्तुतिमा तयार भएको यो फिल्ममा राम श्रेष्ठको लगानी छ । रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् ।

फिल्म छनोटमा गम्भिर बनेको छुः अनमोल केसी

‘पशुपति प्रसाद २: भष्मे डन’को ‘प्रेम शरणम्’ गीत सार्वजनिक, स्वस्तिमाको प्रेममा भ…

मेरो फिल्मकर्मी गौतम प्रेस काउन्सिल विधागत पत्रकारिताबाट पुरस्कृत

मोफसलका दर्शक फकाउँदै 'परदेशी २'

उच्च अदालत पाटनले चलचित्र विकास बोर्डसँग माग्यो उत्कृष्ट फिल्म घोषणा नगर्नुको का…

निर्माताका रुपमा मायावीमा जोडिए निर्देशक चन्द्र पन्त

उषा रजकको आरोप–‘अनुप बरालको एक्टर्स स्टूडियो ‘दुषित ठाउँ’

प्रतिक्रिया