झरना भन्छिन्–‘बक्स अफिस भन्दा दर्शकको प्रतिक्रिया ठूलो’

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘एक भागवत् र एक गीता’ले बक्स अफिसमा औषत सुरुवात गरेको छ । यो फिल्मलाई मिश्रित प्रतिक्रिया मिलिरहेको छ । लभ स्टोरी फिल्म निर्देशन गर्दै आएकी निर्देशक झरना थापाले यसपटक तेश्रो लिङ्गीको कथामा फिल्म बनाएकी छिन् । झरना आफ्नो सफ्ट केन्द्रबाट बाहिर निस्किएकी छिन् ।
फिल्मले तेश्रो लिङ्गीलाई समाजले हेर्ने नजरको कथा भनेको छ । साथमा, फिल्ममा नायक धिरज मगर र नायिका सुहाना थापाको प्रेमका कुरा पनि भनिएको छ ।
विपिन कार्कीलाई तेश्रो लिङ्गीको भूमिकामा प्रस्तुत गरिएको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्मको व्यापारको बिषयमा झरना भन्छिन्–‘अब, बक्स अफिसमा के होला भन्ने कुराले मलाई खासै अर्थ राख्दैनँ । मलाई दर्शकको राम्रो प्रतिक्रिया नै ठूलो कुरा हो ।’
झरनाले यसपटक फरक कथा रोज्नुको बारेमा भनिन्–‘मलाई जहिले पनि लभ स्टोरी कथामा मात्र फिल्म बनाएको भन्ने आरोप आउने गरेको थियो । यति चलेको व्यानरले अब त केही फरक गर्नुपर्छ भन्ने प्रतिक्रिया पनि धेरैले दिनु भएको थियो । यसैले, यसपटक आफूले बनाइरहेको कथाबाट पर हटेर यो फिल्म बनाएको हुँ ।’

फिल्म छनोटमा गम्भिर बनेको छुः अनमोल केसी

‘पशुपति प्रसाद २: भष्मे डन’को ‘प्रेम शरणम्’ गीत सार्वजनिक, स्वस्तिमाको प्रेममा भ…

मेरो फिल्मकर्मी गौतम प्रेस काउन्सिल विधागत पत्रकारिताबाट पुरस्कृत

मोफसलका दर्शक फकाउँदै 'परदेशी २'

उच्च अदालत पाटनले चलचित्र विकास बोर्डसँग माग्यो उत्कृष्ट फिल्म घोषणा नगर्नुको का…

निर्माताका रुपमा मायावीमा जोडिए निर्देशक चन्द्र पन्त

उषा रजकको आरोप–‘अनुप बरालको एक्टर्स स्टूडियो ‘दुषित ठाउँ’

प्रतिक्रिया