‘नाङ्गो गाउँ’को बम्पर व्यापार, दया भन्छन्–‘रेकर्डको दबाब लिनु हुँदैन’
![](https://snowberry.prixacdn.net/media/gallery_folder/nango%2520gau%2520bumper%2520business_e2MXcdW09t_maeyud8w6qspfxgvj2xil4easyztg8zfhqskbm6inlfxoz7afgohmtcfanhx_GFyNnfPqgS_f17a7qbns6nx0wsi4jh2us6aeciiunx0d7jlcykykgjkmfjzmeq21z6avxkz.jpg)
शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले २ दिन बम्पर ओपनिङ गरेको छ । फिल्म ‘जारी’पछि दर्शकको ठूलो संख्यालाई यो फिल्मले हलमा फर्काउन सफल भएको हो ।
‘जवान र एक भागवत् र एक गीता’सँग स्क्रिन शेयर गर्नु परेपनि दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मले बक्स अफिसमा उछाल कायम गर्यो । फिल्म हेर्न शुक्रबार र शनिबार देशैभर दर्शकको उच्च चाप हलमा देखिएको थियो ।
फिल्मले दर्शकको ठूलो संख्यालाई हलसम्म आकर्षित गरेपछि कलाकार दयाहाङ राई खुशी सुनिए । तर, उनले आफूलाई कहिले पनि बक्स अफिसको दबाब नरहने पनि बताए । उनले भने–‘यो फिल्मको कथाले मलाई छोएको थियो । निर्देशक लामाले पनि फिल्मलाई राम्रो तरिकाले तयार पारेका छन् । यसैले, दर्शकलाई मन पर्यो होला जस्तो लाग्छ । निर्माता सुरक्षित भएको सुन्दा खुशी लाग्छ ।’
दयाले आफूलाई आफ्नै अघिल्ला फिल्मको रेकर्ड ब्रेक गर्ने लोभ भने नभएको बताए । उनले भने–‘एउटा कलाकारलाई दर्शकले दिने माया र साथ नै ठूलो कुरा हो । यो फिल्मले अरु फिल्मसँग स्क्रिन शेयर गर्नुपरेकाले पनि सुरुवाती दिनमै रेकर्ड ब्रेक गर्न सक्दैन होला । तर, बुकिङ रातो देख्दा खुशी लागेको छ ।’
निर्माता हिमाल शर्माले फिल्मबाट पाएको प्रतिक्रिया र दर्शकको साथले उत्साहित बनाएको बताए । उनले कलेक्शन अहिले नै भन्न नसकिने भन्दै आफू नेपाल र ओभरसिजबाट सुरक्षित भैसकेको सुनाए । निर्देशक दीपेन्द्र लामाले फिल्मको कथा लेख्दा नै आफूलाई दर्शकले मन पराउनुहुन्छ भन्ने लागेको बताए । उनले भने–‘मलाई यो फिल्म चल्दैन भन्ने त कतै पनि लागेको थिएन । दर्शकले प्रतिक्रिया पनि उत्कृष्ट दिनु भएको छ ।’
जय श्रेष्ठ निर्माता, रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको यो फिल्मको आज मल्टिप्लेक्समा शोज समेत वृद्धि भएको छ । भोलीबाट हलमा अझै शोज बढेको देखिन्छ । वितरक रोहितले फिल्मको व्यापार बम्पर भएको भन्दै यसले नेपालबाट निर्मातालाई राम्रो मुनाफा दिने बताए ।
तीज र संविधान दिवसको बिदामा फिल्मको व्यापार अझै बढ्ने आशा निर्माताको छ । प्रस्तुतकर्ता हिमाल शर्माले चाडै नै नयाँ फिल्मको घोषणा गर्ने समेत सुनाए ।
दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा आलोक शुक्लाको छायांकन छ ।
![‘नेपहपको श्रीपेच’को दोस्रो संस्करणको प्रशारण सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Nephop%2520final%2520image%2520%2520copy_yoesDdG3Mo_ptsea8hdeuc7qggzf1s4lsfzgujbubonord4cpj0hdc8xetgeyibkjhxd6z8_i0r6q8iqcW_do0axyp4bacipadqz5mt1giefcnha91i7ykblsoboqob3waza4gwnx8ra3yi.jpg)
‘नेपहपको श्रीपेच’को दोस्रो संस्करणको प्रशारण सुरु
![आँचल र विवेकको जोडीलाई दर्शकले कती रुचाए ?](https://snowberry.prixacdn.net/media/gallery_folder/bar%2520and%2520badhu_pK5Ut4EdfA_bglcx7adpp5bayv8saxrggqwud9vkgyytlfueeuwoi9tffjkqs2keduajyli_h5mThtF1NC_jlz6d8dkuucn1bpvkyxzmsswodgfphzmxopwpsbhklms91ysf8dg8klfogwx.jpg)
आँचल र विवेकको जोडीलाई दर्शकले कती रुचाए ?
![बोर्डबाट बिदा हुँदै गर्दा भुवनले भने–‘फिल्म क्षेत्रमा सरकारको लगानी शुन्य छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/bhuwan%2520kc_Wkmnf0wViv_jhpefzrn6ico0ruwyoczfyutambsukrwq61jtlumxuz2phxwobl9clcesf3w_M4tRP6Xxzx_qmnmzqnyw1pbnjwfxyxpxj1oeqizaym0xjwtuxqao1paeeojzykmfjc8kjw8.jpg)
बोर्डबाट बिदा हुँदै गर्दा भुवनले भने–‘फिल्म क्षेत्रमा सरकारको लगानी शुन्य छ’
![‘अगस्त्य’ निर्देशक सौरभले घोषणा गरे नयाँ फिल्म ‘कर्मा’](https://snowberry.prixacdn.net/media/gallery_folder/karm%2520movie_VujH3IhZIU_cwhzwdiojeclzx6vznspgthtzzrrqjwgqpjzotw1bczkdpnamgismh4drntw_utzB6T8xjb_vr4dnw1kk9jybtxbb83ltohplqqpphzzl2usq6wtm49k9zj0bx7vmlzzv6qk.jpg)
‘अगस्त्य’ निर्देशक सौरभले घोषणा गरे नयाँ फिल्म ‘कर्मा’
![भक्तपुरमा सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को सेकेन्ड सेड्यूल](https://snowberry.prixacdn.net/media/gallery_folder/purna%2520bhahadru%2520ko%2520sarangi_ao6WLpXeeb_jsne2lep8t5irwfancnhdfvo8nttae3twdzgplmyxl9msbkht3kyhh8ui68f_ex34zErDeS_nqivajwgj4ims4nxfwsyj4urysk1zonmojmw7jbwfci2t2wfia5w0rwdvljl.jpg)
भक्तपुरमा सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को सेकेन्ड सेड्यूल
![के नरेनलाई फिल्म क्षेत्रले चिन्न नसकेको हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/naren%2520khadka_LhN2EkwyR5_lvs9etxkcndrbumytnojzsauafvkpeepb6ibgmztmec4zpocuz0ef5yxgxar_pIfwFNu4Od_7ds54omjypglsnhkqhkqyfesfxjne9knybtiqxvu8rn9rdr7kiglxj4floqs.jpg)
के नरेनलाई फिल्म क्षेत्रले चिन्न नसकेको हो ?
![सरोज खनाल भन्छन्–‘नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/saroj%2520khanal_dkPv25PDxg_r8r4giwpg5nxlkstiuewcwlahchnibtqe04octs8jtgcemsouvgztbzrqtvr_zBWHqRwE5t_hzzi9hbl5et7sea071bdaioizk2pasmtdgfvlhthgao28lpsvyxn23yt6a6n.jpg)
सरोज खनाल भन्छन्–‘नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ’
![‘नम्बरी सुन’को ट्रेलरमा प्रेम र द्धन्द्धको कुरा](https://snowberry.prixacdn.net/media/gallery_folder/numberi%2520sun_yKagEjcRzf_lqhltr5hdr8chwiuys1b7yqigam4oxljpqrvmfjdvunguu0jiewo8axkau3o_ltpjCcj6fx_8pdhmzsecciznxzqufmbdkcmdtsjlco9vdxoh5tls39lbudrvpsunpnfelcm.jpg)
प्रतिक्रिया