‘एक भागवत् र एक गीता’: समाजले नदेखेको कथामा नयाँ बहस

आजबाट रिलिजमा आएको फिल्म ‘एक भागवत् र एक गीता’को काठमाडौंको बीग मुभिजमा विशेष शोको आयोजना गरिएको छ । फिल्मकर्मी, पत्रकारहरुको बाक्लो उपस्थितीमा आयोजित विशेष शोबाट निर्माणपक्षले उत्कृष्ट प्रतिक्रिया पाएको छ ।
फिल्म हेर्न पुगेका निर्माता तथा निर्देशक आकाश अधिकारी, कलाकार किरण केसी लगायतले यसले नयाँ बिषयमा बहस सुरु गरेको बताए । उनीहरुले, यस्तो कथा भन्नका लागि निर्मातामा आँट हुनुपर्ने भन्दै सुनिलकुमार थापाको प्रशंसा गरे ।
झरना थापाको निर्देशनमा तयार भएको यो फिल्मले तेश्रो लिङ्गीको कथा भन्छ । समाजले नै देखेर पनि नदेखेको जस्तो गर्ने पात्रहरुको कथालाई झरनाले गज्जब तरिकाले भनेकी छिन् । फिल्मको पहिलो भाग औषत छ । दोश्रो भागले भने दर्शकलाई थुप्रै ठाउँमा भावुक बनाउँछ, कैयौं ठाउँमा सोच्न वाध्य बनाउँछ ।
विपिन कार्की, सुहाना थापा, धिरज मगर, कविर खड्काको अभिनय उत्कृष्ट छ । बाल–कलाकारको रुपमा देखिएका जेभिन र जेभिस श्रेष्ठले गज्जबको काम गरेका छन् ।
यसअघि रोमान्टिक फिल्म निर्देशन गर्दै आएकी झरनाले यसपटक फिल्ममा रोमान्स भन्दा बढी गम्भिर बिषयलाई प्राथमिकता दिएकी छिन् ।
फिल्म हेरेपछि नायक धिरज मगरले भने–‘मैले पनि आज पहिलो पटक फिल्म हेर्न पाएँ । फिल्मले भन्न खोजेको कथाले दर्शकको मन छुन्छ जस्तो लाग्छ । यसको ब्याग्राउन्ड स्कोर, विपिन दाई, सुहाना लगायतको अभिनय बेजोड छ । यो फिल्ममा काम गर्न पाएकोमा खुशी छु ।’
निर्देशक झरना थापाले फिल्मको बक्स अफिस भन्दा पनि दर्शकले दिने प्रतिक्रिया आफ्ना लागि महत्वपूर्ण हुने बताइन् । उनले, यसपटक आफूले केही फरक कथा भन्न खोजेकाले डर लागेको भन्दै विशेष शोपछि पाएको प्रतिक्रियाले उत्साहित भएको बताइन् । निर्माता सुनिल कुमार थापाले फिल्मले आज औषत व्यापार गरेको भन्दै भोलीबाट बलियो वर्ड अफ माउथका कारण दर्शक बढ्ने अपेक्षा गरे ।

फिल्म छनोटमा गम्भिर बनेको छुः अनमोल केसी

‘पशुपति प्रसाद २: भष्मे डन’को ‘प्रेम शरणम्’ गीत सार्वजनिक, स्वस्तिमाको प्रेममा भ…

मेरो फिल्मकर्मी गौतम प्रेस काउन्सिल विधागत पत्रकारिताबाट पुरस्कृत

मोफसलका दर्शक फकाउँदै 'परदेशी २'

उच्च अदालत पाटनले चलचित्र विकास बोर्डसँग माग्यो उत्कृष्ट फिल्म घोषणा नगर्नुको का…

निर्माताका रुपमा मायावीमा जोडिए निर्देशक चन्द्र पन्त

उषा रजकको आरोप–‘अनुप बरालको एक्टर्स स्टूडियो ‘दुषित ठाउँ’

प्रतिक्रिया