‘नाङ्गो गाउँ’को सुखद छ बुकिङ, कस्तो होला ओपनिङ ?

नेपाली फिल्मको बुकिङ भन्दा पनि ‘डोर सेल’ नै राम्रो हुन्छ भनिन्छ । यसैले, निर्माताहरु फिल्मको बुकिङकमा दर्शकको चाप खासै नदेखिएपनि आत्तिदैनन् । तर, भोलीबाट रिलिजमा आउन लागेको फिल्म ‘नाङ्गो गाउँ’को बुकिङ भने सुखद देखिएको छ । मंगलबारबाट बुकिङ खुलेसँगै यो फिल्मप्रति दर्शकको उत्साह देखिएको छ ।
विशेषगरि, क्यूएफएक्स चेनका केही कल, सिके सिनेमाज्, बीग मुभिज, एफक्यूब, वान सिनेमाज् लगायतका फिल्मको लागि दर्शकको उत्साह राम्रो देखिएको छ । भोली फिल्मको ‘डोर सेल’ पनि राम्रो हुने संकेत देखिएको छ ।
फिल्मका प्रस्तुतकर्ता हिमाल शर्माले भने–‘फिल्मले राम्रो ओपनिङ गर्ने संभावना देखाएको छ । बुकिङलाई पनि राम्रो मान्नुपर्छ । केही हलहरुमा त शोज हाउसफूल हुने बाटोमा छन् । यसैले, हामी उत्साहित छौं ।’
यो फिल्मले देशभरका हलमा शोज पनि राम्रो पाएको छ । दर्शकको चाप उच्च हुने शहरमा फिल्मलाई प्रदर्शकहरुले राम्रो शोज दिएका छन् ।
दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्मले प्रिमियरमा पनि राम्रो प्रतिक्रिया पाएको थियो । फिल्मको ट्रेलरबाट पनि दर्शक उत्साहित छन् ।
यस्तै, फिल्ममा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । फिल्मको ‘सुन सुन सुन्दरी’ बोलको गीत पनि लोकप्रिय बनिरहेको छ । यसैले, पनि फिल्मप्रति दर्शकको आकर्षण देखिएको हो । तीज र संविधान दिवसको बिदाको फाइदा उठाउन सकेको खण्डमा फिल्मले निर्मातालाई नेपालबाटै मुनाफा दिलाउन सक्नेछ ।

फिल्म छनोटमा गम्भिर बनेको छुः अनमोल केसी

‘पशुपति प्रसाद २: भष्मे डन’को ‘प्रेम शरणम्’ गीत सार्वजनिक, स्वस्तिमाको प्रेममा भ…

मेरो फिल्मकर्मी गौतम प्रेस काउन्सिल विधागत पत्रकारिताबाट पुरस्कृत

मोफसलका दर्शक फकाउँदै 'परदेशी २'

उच्च अदालत पाटनले चलचित्र विकास बोर्डसँग माग्यो उत्कृष्ट फिल्म घोषणा नगर्नुको का…

निर्माताका रुपमा मायावीमा जोडिए निर्देशक चन्द्र पन्त

उषा रजकको आरोप–‘अनुप बरालको एक्टर्स स्टूडियो ‘दुषित ठाउँ’

प्रतिक्रिया