म जिद्दी छु, हार मान्न आउँदैनँः सुहाना थापा


नायिका सुहाना थापाले आफूलाई हार मान्न नै नआउने बताएकी छिन् । फिल्म रिलिजको समयमा जहिले विवादमा परिरहँदा कहिलेकाही दिक्क लाग्दैन भन्ने प्रश्नमा उनले भनिन्–‘होइन, म यो कुरामा निकै जिद्दी छु । मलाई हार मान्न नै आउँदैन । ए मेरो हजुर ४ को समयदेखि फिल्म रिलिजमा लफडा भएको हो । तर, यसपछि अब त झनै छाड्दिनँ भन्ने सोच आयो । अनी, एक भागवत् र एक गीता निर्माण गर्यौं ।’

सुहानाले फिल्म क्षेत्रमा देखिने यस्ता खालका लफडाले आफूलाई दिक्क नलाग्ने बताइन् । अमेरिकामा रहेर पढिरहेकी सुहानालाई नेपाली फिल्मप्रति निकै लगाब छ । यसैले, उनले निरन्तर फिल्ममा काम गरिरहेकी छिन् । 

‘ए मेरो हजुर ४’को समयमा ‘केजीएफ २’ रिलिज हुँदा निकै ठूलो विवाद भएको थियो । अहिले फेरि ‘एक भागवत् र एक गीता’ नामको विवादमा पर्यो । यो विवाद सुल्झाउन नै केही समय यसका निर्माताले खर्चिएँ ।

यी सबै देखेकी सुहानाले आफूले अब फिल्म क्षेत्रमा चालेको पाइला नरोक्ने बताएकी छिन् । उनले, जसरी पनि अगाडि बढ्ने बताइन् । 

झरना थापा निर्देशित यो फिल्म भोलीबाट रिलिज हुँदैछ । फिल्ममा विपिन कार्की, धिरज मगर र सुहाना थापा मुख्य भूमिकामा छन् ।