‘एक भागवत र एक गीता’ नाममा सहमती, सकियो विवाद


भदौको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘एक भागवत गीता’को नामलाई लिएर भएको विवाद सकिएको छ । आज विकास बोर्डमा भएको छलफलमा फिल्मको निर्माण टिम र विभिन्न धार्मिक संगठनविच नाम परिवर्तन गर्ने सहमती भएको हो । अब, यो फिल्मको नाम ‘एक भागवत र एक गीता(सामाजिक कथा)’ राख्ने सहमति भएको हो । 

सहमितसँगै फिल्मलाई सेन्सरका लागि सिफारिश दिने सहमती भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार दीपकराज गिरी लगायतको उपस्थितीमा आज बिहान चलचित्र विकास बोर्डको हलमा छलफल चलेको थियो । लामो समयको छलफलपछि फिल्मको नाममा केही परिवर्तन गर्ने सहमती भएको हो । यो सहमतीसँगै अब भदौको २९ गतेबाट फिल्म चल्ने पक्का भएको छ । 

झरना थापा निर्देशित यो फिल्ममा विपिन कार्की, धिरज मगर, सुहाना थापा लगायतका कलाकारको अभिनय छ । फिल्मले भागवत् र गीता नाम गरेका २ पात्रको कथा भन्छ । फिल्ममा विपिनलाई तेश्रो लिङ्गीको भूमिकामा देखाइएको छ ।