भदौमा पनि व्यापारको खडेरी, ‘नांगो गाउँ र एक भागवत् गीता’ माथि आशा
एउटा कुरा स्पष्ट के छ भने, भदौको २९ गतेबाट रिलिज हुन लागेका दुई फिल्म ‘नाङ्गो गाउँ र एक भागवत् गीता’ले पनि गतिलो व्यापार गरेनन् भने नेपाली फिल्म क्षेत्रमा चरम निराशा फैलिनेछ ।
भदौमा रिलिज भएका फिल्ममाथि आम मानिसहरूको आशा थियो । विशेष गरि, ‘ऐँचो पैँचो’ले व्यापारिक रुपमा सफलता हात पार्ने अपेक्षा गरिएको थियो । स्वस्तिमा खड्का जस्ती नाम चलेकी स्टार, ‘काले केटा’ बोलको गीतको चर्चा आदिले पनि फिल्मको व्यापारमा धेरैको आशा थियो ।
तर, यो फिल्म पनि नचलेपछि फिल्मीकर्मीमा निराशा छाएको छ । यो महिना ‘हिँड्दा हिँड्दै, जुलेबी, जय हो, महानगर, गणपति, ऐँच पैँचो’ लगायतका फिल्म रिलिज भइसकेका छन् । तर, यी सबै फिल्मले व्यापारिक रुपमा सफलता पाउन सकेनन् ।
अब, भदौको २९ गतेबाट रिलिज हुन लागेका दुई फिल्म ‘नांगो गाउँ र एक भागवत् गीता’माथि धेरैको आशा टिकेको छ ।
दीपेन्द्र लामाको निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय छ । राजनीतिक कथामा तयार भएको यो फिल्मले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।
तेश्रो लिङ्गीको कथामा तयार भएको फिल्म ‘एक भागवत् गीता’लाई झरना थापाले निर्देशन गरेकी हुन् । विपिन कार्की, सुहाना थापा, धिरज मगर लगायतको अभिनय रहेको यो फिल्मले पनि व्यापारिक रुपमा सफलता पाउने आशा गरिएको छ । यी दुई फिल्मले नेपाली फिल्म क्षेत्रमा उत्साह थप्न सकेनन् भने फिल्म क्षेत्रमा चरम निराशा छाउनेछ ।
प्रतिक्रिया