भारतलाई हराए ५ लाख, विकेट झारे ५० हजार दिने निर्देशक चन्द्र पन्तको घोषणा

आज श्रीलंकामा पहिलोपटक एसियाकपमा सहभागिता जनाइ रहेको नेपालले आफ्नो दोश्रो खेलमा आफूभन्दा निक्के बलियो भारतसँग प्रतिष्पर्धा गर्दैछ । 

यो खेलमा हारजीतको अंकगणित एकातीर छ भने सहभागितालाई लिएर नेपाली क्रिकेटप्रेमीहरुमा यो एतिहासिक खेलको साक्षी बस्न पाउँदाको खुशी बेग्लेै खाले रहेको छ।
 

यस्तैमा नेपाली खेलाडीहरुको हौसला बढाउन नेपालबाट क्रिकेटप्रेमीहरु श्रीलंकाको भर्मणमा गएका छन् । यो सूचिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहसँगै नेपाली अभिनेत्री वर्षा सिवाकोटी पनि यतिबेला श्रीलंका पुगिसकेका छन् ।
यपोसँगै नेपाली बियर कम्पनी अर्नाले आजको खेलमा नेपाली खेलाडीले भारतकाविरुद्ध हान्ने प्रत्येक चौका-छक्का र लिने विकेटका लागि नगद पुरस्कारको घोषना गरेको छ। यसरी नगद पुरस्कार घोषणा गर्ने सूचिमा नेपाली फिल्मका चर्चित एक्सन तथा फिल्म निर्देशक चन्द्र पन्तले पनि नगद पुरस्कारको घोषणा गरेका छन् ।

पन्तले छक्का हान्ने र विकेट लिने नेपाली खेलाडीलाई प्रतिविकेट र प्रतिछक्का ५० हजारका दरले पुरस्कार दिने घोषणा गरेका हुन् । आजको खेलमा नेपाल विजयी भए पाँच लाख रुपैयाँ दिने पनि उनले घोषणा गरेका छन् ।

निर्देशक पन्तले इन्स्पायर नोबेल नेपाल फाउन्डेसन आईएनई, एनवाई यूएसएका तर्फबाट उक्त पुरस्कारको घोषणा गरिएको बताएका छन् । पन्त यो संस्थाका अध्यक्ष हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकाको क्यान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय रंगशालामा खेल नेपाली समयानुसार आज दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

No description available.