'डिग्री माइला'मा आँचल, दुई अभिनेत्रीलाई पाखा लगाउँदै बनिन् दयाको जोडी

‘डिग्री माइला : एमए थर्ड क्लास’मा अभिनेत्री आँचल शर्मा अभिनेता दयाहाङ राईको जोडी बन्ने भएकी छन् । 

फिल्मका लागि आँचल आइतबार अनुबन्धित भएकी हुन् । 

फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । 

सोही नाममा मण्डला थिएटरले वि. सं २०७१ सालमा दयाहाङकै निर्देशनमा नाटक मञ्चन गरेको थियो । फिल्मको कथा पनि यही नाटकको सेरोफेरोमा हुनेछ ।

फिल्मले शैक्षिक वेरोजगारीलाई कथामा पेस गर्नेछ । 

आँचलले यसअघि दयाहाङसँग एउटा म्यूजिक भिडियोमा काम गरेकी थिइन् ।

रामबाबुको यो फिल्मका लागि दयाको जोडीका लागि आँचलसँगै अन्य दुई अभिनेत्रीलाई निर्माण पक्षले सम्भावित सूचिमा राखेको थियो । उनले ती दुई अभिनेत्रीलाई पाखा लगाउँदै फिल्म आँचलको हातमा गएको हो ।

हास्य रसमा पेस हुने यो फिल्मले  ‘किन चाउरियो मरिच, आफ्नै रागले’लाई आफ्नो कथाको थिम बनाएको छ।

फिल्ममा दयाहाङ र आँचलका अलावा माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरे अभिनय रहनेछ । 
फिल्म बासुरी फिल्म्सको ब्यानरमा बन्न लागेको हो ।