‘ऐँचो पैँचो र गणपति’ले ३ दिनमा कति कमाए ?


बिहिबार परेको सार्वजनिक बिदाको फाइदा उठाउँदै रिलिज भएको ‘ऐँचो पैँचो'ले औषत सुरुवात गरेको छ। ३ दिन बिदाको फाइदा  फिल्मले अनुमान अनुसार लिन सकेनन्। फिल्मले यो भन्दा राम्रो व्यापार गर्ने अनुमान गरिएको थियो।

निर्मात्री चौलागाँइको निर्देशकिय डेब्यू यो फिल्मले कलाकारहरुको अभिनय, गीतको चर्चा र आक्रामक प्रचारका कारण वक्सअफिसमा राम्रो सुरुवात गर्ने ठानिएको थियो।

फिल्मले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएरहेकाले आगामी दिनमा राम्रो व्यापार गर्न सक्छ तर शुक्रबार रिलिज हुने शाहरूख खान स्टारर 'जवान'प्रतिको नेपलाी हल र वितरकको लोभले 'ऐंचोपैंचौं'को व्यापारलाई खुम्चाउने देखिएको छ। 

वक्सअफिस श्रोतले फिल्मको तीन दिने व्यापार र यसका सह-निर्माता विशाल चौलागाईंले दिएको रिपोर्ट फरक परेको छ। मेरो फिल्मसँग कुरा गर्दै चौलागाईंले वितरकबाट बुझेर एकिन हिसाब केही दिनमा सार्वजनिक गर्ने बताए।

उनले आफू फिल्मको व्यापारबाट सन्तुष्ट रहहेको र दर्शकमा फिल्म बारे 'वर्ड अफ माउथ' राम्रो हुँदै गएकाले आगामी दिनमा व्यापार बढ्ने दाबी गरे।

यो महिना रिलिज भएका अन्य फिल्मको तुलानामा यो फिल्मको व्यापार राम्रो छ। 

आजबाट फिल्मको शोजमा कटौती भएको छ। ३ दिन लामो विकेन्ड पनि सकिएकाले फिल्मको व्यापार आजबाट कस्तो हुन्छ, त्यसले आगामी दिनको भविष्य निर्धारण गर्नेछ । 

स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशिल सिटौला, राजाराम पौडेल, कोशिष क्षेत्री लगायतका कलाकारको अभिनय रहेको फिल्मको ‘काले केटा’ बोलको गीत चर्चामा थियो । 

यस्तै, बिहिबारबाट नै  रिलिज भएको ‘गणपति’ फिल्मको व्यापार कमजोर छ । यो फिल्मलाई दर्शकले राम्रो भनेका छन् । सविन अधिकारीको निर्देशन तथा रामप्रसाद रिजालको निर्माणमा तयार भएको फिल्मले बक्स अफिसमा ३ दिनमा निराशाजनक व्यापार गरेको छ।

प्रचारप्रसारमा कमजोर रहेको र दर्शकबाट पनि साथ नपाउँदा फिल्मको व्यापार कमजोर हुन पुगेको छ।

फिल्ममा मुकुन भुषाल, मेनुका प्रधान, देबेन्द् बब्लु, कविता न्यौपाने, प्रकाश घिमिरे, अन्शु महर्जन, सूर्यमाला खनाल तथा राजाराम पौडेलको प्रमुख अभिनय रहेको छ।