‘ऐँचो पैँचो’को खल्ती नेटवर्कमा ७३ सो
भोली विहिबारबाट फिल्म ‘ऐँचो पैँचो’ देशभरिका विभिन्न हलहरुमा प्रदर्शनमा आउँदैछ ।
फिल्म रिलिज हुने मिति नजिकिँएसँगै फिल्मको अग्रीम टिकट बुकिङ समेत खुल्ला भइसकेको छ । मंगलबार खुलेको फिल्मको अग्रीम टिकट बुकिङमा पनि हलले फिल्मलाई उच्च प्राथमिकतामा राखेको देखिन्छ । अधिकांश मल्टिप्लेक्स हलले ‘ऐँचो पैँचो’लाई राम्रो शो उपलब्ध गराएका छन् ।
अब यो फिल्मको खल्ती वालेट एपबाट नेपाल राज्यभरीका २४ वटा भन्दा बढी फिल्म हलहरुको डिजिटल पेमेन्ट सिसटम (डिजिटल भुक्तानी)बाट टिकट खरिद गर्न सकिन्छ ।
एपमा देशकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्स, आइएनआइ, सिटी म्याक्स, सिटी सिनेमा, केएसआर मुभिज, एफक्यूब सिनेमा र वान सिनेमाज् रहेका छन् । खल्ती एप डाउनलोड गरी https://app.khalti.com/?t=movie-detail बाट केवल ५० सेकेन्डमा सजिलै फिल्मका टिकटहरू किन्न सकिन्छ ।
खल्तीले प्रमुख थिएटरहरुसँग साझेदारी गरेपछि टिकट खरिद गर्ने परिभाषा बदलिदै आएको र एउटै एप भित्र २४ भन्दा बढी फिल्म हलको उपलब्धताले प्रयोगकर्ताको समय र फिल्मको टिकट खरिद गर्न झन्झट कम हुँदै गएको खल्तीको विशवास रहेको छ । हलहरूसँग गरेको साझेदारी पछि खल्ती वालेटबाट यस फिल्मलाई ७३ भन्दा बढी शो उपलब्ध छन् ।
खल्तीबाट प्रयोगकर्ताहरूले हालहरू, शो टाइम, मूल्य तुलना गर्न र प्राथमिकता अनुसार उपलब्ध उत्कृष्ट सिटहरू छनौट गर्न सक्छन् । जसअनुसार अफुले चाहेको ठाँउबाट टिकट खरिद गर्न सकिन्छ ।
कृषा चौलागाईको डेव्यु निर्देशकिय फिल्मका सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ राम्रो हाइप निर्माण गरेकाले पनि राम्रो व्यापार गर्ने निमार्ण पक्षको विश्वास छ ।
फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।
खल्तीमा हाल २५ लाख भन्दा बढी प्रयोगकर्ताहरू र ६० हजार भन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभर को परिवारमा वृद्धि गरेको छ । सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, कार्यक्रम टिकट तथा रजिस्ट्रेसन, बीमा शुल्क, इ– कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराएको छ ।
प्रतिक्रिया