सानु ताम्राकारको अन्त्येष्टी
उपचारका क्रममा शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएका कलाकार सानु ताम्राकारको आज पशुपति आर्यघाटमा अत्येष्टी गरिएको छ । आज बिहान १० बजे उनको आर्यघाटमा अन्त्येष्टी गरिएको हो ।
उनको ७४ बर्षको उमेरमा निधन भएको हो । उनको २८ दिनसम्म नर्भिक अस्पतालमा उपचार भएको थियो ।
उनको शवलाई दाहासंस्कार अगाडि श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाट परिसरमा राखिएको थियो । उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि फिल्मीकर्मी, पत्रकार, आफन्त र परिवारका सदस्यहरु आर्यघाट पुगेका थिए ।
२८ दिन अगाडि मृगौलामा समस्या आएपछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको हो । असारको २१ गते सानुका छोरा सारुक ताम्राकारको निधन भएको थियो । यसपछि, उनले पुत्र वियोग खप्नु परेको थियो । पुत्र वियोगकै कारण सानु ताम्राकारको स्वास्थ्य अवस्था शिथिल बन्दै गएको थियो ।
सानु ताम्राकारले दर्जन बढी फिल्म र टेलिसिरियलमा काम गरेका छन् । उनी, चलचित्र कलाकार संघका पूर्व कार्यवाहक अध्यक्ष समेत हुन् । उनको पार्थिव शरीरमा कलाकार संघको झण्डा ओढाइएको थियो ।
तस्वीरः महेश प्रधानको फेसबुकबाट
प्रतिक्रिया