सारुक ताम्राकारका पिता सानु ताम्राकारको निधन


लामो समयदेखि नर्भिक अस्पतालमा उपचार गराइरहेका कलाकार सानु ताम्राकारको निधन भएको छ । उनको आज दिउँसो ३ बजेर २० मिनेटमा निधन भएको अस्पताल श्रोतले मेरो फिल्मलाई जानकारी दिएको छ । 

सारुकले असार २१ गते आत्महत्या गरेसँगै उनका पिता सानु ताम्राकार पनि कमजोर बनेका थिए । उनको मृगौलामा समेत समस्या थियो । उनको उपचारका क्रममा आज निधन भएको हो । 

नायक सारुक ताम्राकारले असार २१ गते आफ्नै घरमा आत्महत्या गरेपछि सानु ताम्राकार कमजोर बनेका थिए । उनमा मृगौलाको समस्या समेत रहेको वुझिएको छ । विगत केही सातादेखि नर्भिक अस्पतालमा उपचाररत उनको आज निधन भएको हो ।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोली बिहान ९ बजे पशुपति आर्यघाटमा राखिने परिवारले बताएको छ । कलाकार ताम्राकारले दर्जन बढी फिल्म र सिरियलमा काम गरेका छन् ।

उनले ‘जीवन रेखा, बदलिदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, मेरी मामु’ लगायतका फिल्ममा काम गरेका छन् ।