‘जोवन ढलढल’ भन्दै सन्दीप न्यौपाने र उषा उप्रेतीको छमछमी
हिन्दु नारीहरुको महान चाड तीज नजिकदै गर्दा तीज गीतको भिडियो सार्वजनिक हुने क्रम पनि बढी रहेको छ।
यसै क्रममा गायक सन्दीप न्यौपाने र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘जोवन ढलढल’ सार्वजनिक भएको छ ।
नयाँ नेपाली तीज गीतमा नेत्र अर्यालको शब्द, श्रीधर अधिकारीको संगीत, केशव बडुको एरेन्ज तथा कुमार रानाको मिक्सिङ र मास्टरिङ छ ।
जेरी भण्डारीको कोरियोग्रफी तथा निर्देशन रहेको भिडियोमा सन्दीप न्यौपाने, उषा उप्रेती, सुस्मिता कोइराला र शिबु खनाल फिचर्ड छन् । डान्सिङ नम्बरको गीतमा कलाकारहरु निकै झुमेका छन् ।
भिडियोमा अमर रावलको सहायक कोरियोग्राफी, राजेश घिमिरेको छायांकन, मनोज कार्कीको सम्पादन र कलर, सीता मगरको मेकअप छ । गीतको भिडियो गायक न्यौपानेको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको हो ।
गायक सन्दीपको यसअघि ‘लालुमै’, ‘सान्नानी’, ‘दिलमाया’ लगायतका गीत चलेका गीतमा पर्छन् । गायक न्यौपानेले केही समय अघि नयाँ गीत ‘पान पाते ओठ’ सार्वजनिक गरेका थिए ।
गीत सार्वजनिक भएसँगै गायक न्यौपानेले महिलाहरूको महान चार्ड तीजको सांस्कृतिक धर्म निर्वाह गर्नका लागि पनि आफूले यसरी गीत हरेक तीजमा ल्याउने गरेको बताए । ‘जोवन ढलढल’ले तीजको समयमा नाच्ने माहोल बन्ने न्यौपानेले बताए।
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_ZSOmvqFNaQ_j1klpnvekucoy0mmrcvefdckqvaeppg7uwwglwotfun7cgtp0qowx7kpdxkk.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

'उडान' म्युजिकल सर्ट फिल्मको टिजर सार्वजनिक
'सारेगमपा लिटिल च्याम्प’की विजेता जेट्शन डोना नेपाल आउँदै

प्रतिक्रिया