आक्रामक प्रचार गरेको ‘जय हो’को ओपनिङ कस्तो ?


आजबाट नेपाली बक्स अफिसमा २ वटा नयाँ नेपाली फिल्म रिलिज भएका छन् । शोभित बस्नेतको निर्माण तथा टेक  पौरखी राईको निर्देशनमा तयार भएको फिल्म ‘जय हो’ आजबाट रिलिजमा आएको छ । 

यो फिल्मको प्रचार आक्रामक थियो । फिल्मको प्रचारमा शोभितको परिवार नै लागेको थियो । सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, माओत्से गुरुङ र निशा अधिकारी फिल्मको मुख्य कलाकार हुन् । यो फिल्म त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको हो । 

फिल्मले काठमाडौ लगायतका मल्टिप्लेक्स हलमा शोज भने औषत पाएको छ । विशेषगरि, अधिकांश हलमा फिल्मले १ वा २ शो मात्र पाएको छ । फिल्मको प्रचार आक्रामक भएपनि शो भने औषत छ । फिल्मले बिहानी शोमा औषत ओपनिङ मात्र गरेको छ । केही हलमा फिल्मको बुकिङ पनि सुखद देखिएको छैन । फिल्मलाई बलियो वर्ड अफ माउथ आवश्यक देखिएको छ । 

यस्तै, आजबाट नै मोहन राइको निर्देशनमा तयार भएको फिल्म ‘महानगर’ पनि हलमा रिलिज भएको छ । फिल्ममा कर्मा र मेनुका प्रधानको मुख्य भूमिका छ । यो फिल्मको प्रचार भने सुस्त छ । फिल्मले हलमा निकै कम शो पाएको छ । 

रिलिज भएका नयाँ विदेशी फिल्म र केही सातादेखि सुखद रुपमा चलिरहेका ‘गदर २ र ओ माई गड २’को असर नेपाली फिल्मको रिलिजमा परेको छ ।