'संगीत स्टार'को तेस्रो संस्करण हुने
गायन तथा नृत्य विधामा अवसर खोजेकाहरूलाई स्थान दिने उद्देश्यका साथ संगीत स्टारको तेस्रो संस्करण हुने भएको छ । पहिलो र दोस्रो संस्करणपछि कोरोनाकालमा रोकिएको टेलिभिजन रियालिटी शो ‘संगीत स्टार’लाई निरन्तरता दिन लागेको कार्यक्रम निर्माण कम्पनी संगीत फिल्मस्’ले बताएको छ ।
गायन र नृत्य विधा जोडिएका क्षमतावान् प्रतिभालाई स्थान दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम निर्माता तथा प्रस्तोता संगीत बस्यालले बताए ।
दसैँपछि सुरु हुने संगीत स्टारको तेस्रो संस्करण अन्तरगत आगामी कार्तिक २८ देखि पौष २८ गतेसम्मलाई डिजिटल अडिसन तोकिएको छ । डिजिटल अडिसनबाट छनोट भएका उत्कृष्ट प्रतिभाहरूको फिजिकल अडिसन माघ २३ बाट सुरु हुने बस्यालले बताए । फिजिकल अडिसन देशका सातै प्रदेशमा सञ्चालन हुनेछन् ।
खुल्ला प्रतिस्पर्धाबाट अडिसन सञ्चालन हुँदा गायन र नृत्य विधामा इच्छुक जो कोहीले यो प्रतिस्पर्धामा सहभागी जनाउन सक्नेछन् । दुवै विधाका उत्कृष्ट प्रतिभा छनोट हुँदा पहिलो हुनेले २५ लाख प्राप्त गर्ने संगीत फिल्मस्’ले बताएको छ ।
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_ZSOmvqFNaQ_j1klpnvekucoy0mmrcvefdckqvaeppg7uwwglwotfun7cgtp0qowx7kpdxkk.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

'उडान' म्युजिकल सर्ट फिल्मको टिजर सार्वजनिक
'सारेगमपा लिटिल च्याम्प’की विजेता जेट्शन डोना नेपाल आउँदै

प्रतिक्रिया