‘मुन्द्रेको कमेडी क्लब’ कमजोर भएको जितुको स्विकारोक्ती


हाँस्य कलाकार जितु नेपालले संचालन गर्दै आएको ‘मुन्द्रेको कमेडी क्लब’को तेश्रो सिजनलाई दर्शकले खासै रुचाएका छैनन् । यो शो प्रशारण हुँदै आएको लामो समय भएपनि अपेक्षा गरे अनुसार दर्शकको साथ पाएको छैन । 

उनै, जितुले आफूले संचालन गर्दै आएको शो कमजोर भएको स्विकार गरेका छन् । डिजिटल माध्यमबाट ‘जितुको गाइजात्रा’ सार्वजनिक गर्न लागेका जितुले पत्रकारहरुसँग कुरा गर्दै एकै दिन ४ वटा शो छायांकन गर्नु परेकाले कार्यक्रममा कमजोरी भएको स्विकार गरे ।

उनले भने–‘मुन्द्रेको कमेडी क्लबको छायांकन सकिएपछि आँखा रसाएर आउँछ । एक दिनमा ४ भाग छायांकन गर्नुपर्छ, नत्र भ्याइदै भ्याइदैन । छायांकन सकिएपछि गाडी चढ्दा पसिन आयो । पसिना आएपछि गाडी रोकेर पानी खाएँ ।’

जितुले आफूले कर्म गरेको भन्दै भगवान्लाई संझिएको बताए । उनले, आफ्नो कार्यक्रमको तुलना अरुसँग हुँदा दुःख लाग्ने पनि उल्लेख गरेका छन् ।
 
एक अर्को प्रसंगमा जितुले हिजोआज ‘गाइजात्रा’ कार्यक्रम दशैं जस्तो नभएर ‘चैते दशैं’ जस्तो भएको पनि बताएका छन् । यो बर्ष राम्रो गर्न सकेको खण्डमा अर्को बर्ष स्टेजमै गाइजात्राको कार्यक्रम ल्याएर आउने जितुको भनाई थियो ।