‘जय हो’को प्रचारमा सलोनको परिवार हाबी

भदौको ८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘जय हो’ प्रचारमा विशेष गरि, नायक सलोन बस्नेत र नायिका केकी अधिकारी हाबी छन् । फिल्मको प्रचारमा नायक अर्पण थापा र नायिका निशा अधिकारी देखिएका छैनन् ।

तर, रोचक कुरा त के छ भने यो फिल्मको प्रचारमा निर्माता शोभित बस्नेतले बुहारी करिश्मा केसी र छोरी सलिना बस्नेतलाई पनि लिएर हिँडिरहेका छन् । फिल्मको कलेजमा प्रमोशन हुँदा होस् या मिडियाको अन्तरवार्तामा करिश्मा र सलिना छुटेका छैनन् ।

अझ, करिश्मा र सलिना समावेश भएको अन्तरवार्तामा दर्शकले बढी रुचाएका छन् ।

यो फिल्म सलोन र केकीको प्रेम कथामा वरिपरी घुमेको छ । फिल्मबाट केकी र सलोन निकै आशावादी देखिएका छन् ।

तर, फिल्म प्रचारमा सलोन र केकीसँग करिश्मा र सलिना पनि हाबी हुँदा दर्शकले यसलाई सामाजिक संजालमा रमाइलोको रुपमा मात्र लिन्छन् या हलसम्म पनि पुग्लान्, हेर्न बाँकी छ ।