कलाकार संघले सदस्य कलाकारहरुको अभिलेखिकरण गर्ने
नेपाल चलचित्र कलाकार संघले कलाकारहरूको अभिलेखिकरण गर्ने निर्णय गरेको छ ।
संघको भदौ २ गते बसेको बैठकले ३५ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू गर्ने निर्णयसँगै सदस्य कलाकारहरूको अभिलेखिकरण पनि गर्ने निर्णय गरेको हो।
संघका अध्यक्ष मोहन निरौलाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'कलाकारहरूको आवेदन फारमसँग संलग्न गर्नुपर्ने कागजपत्रमा करार पत्र वा अनुहार र फिल्मको नाम देखिने गरि लिएको स्कृनसट, नागरिकताको प्रतिलिपि फोटो आदि कतिपय कलाकारहरूको संघमा रहेको व्यक्तिगत फाइलमा नभएको पाइएकाले संघले सदस्य कलाकारहरूको अभिलेख तयार पार्ने काममा अस्पष्टता अपूर्ण देखिन आएकोले अभिलेखिकरणलाई चुस्त दुरुस्त बनाउनलाई उपरोक्त तथ्यहरू सहित कागजपत्र संघमा उपलब्ध गराउन ६ महिनाभित्र कागजपत्र इमेल मार्फत वा स्वयम् उपस्थित भएर अभिलेखिकरणलाई पूर्णता दिन सबै सदस्यहरूलाई अनुरोध गरिएको छ ।'
साथै, संघका सबै तहका सदस्य कलाकारले अभिलेखिकरणमा चासो दिन ६ महिनाको समयलाई मान्य अवधि मान्दै अभिलेखिकरण नगरे संघमा रहेको व्यक्तिगत विवरण सहितको फायलमा विधान अनुसारको प्रक्रिया नपुगेको देखिएमा विधानले तोकेको प्रकृया अनुसार हुने पनि विज्ञप्तिमा भनिएको छ ।
यस्तै संघले आफ्नो ३५ औं स्थापना दिवसका सम्बन्धमा नेपाल चलचित्र कलाकार संघको स्थापना दिवस भदौ २३ गते स्काई वैङ्क्वेट बग्गी खानामा नेपाली फिल्मको गुणस्तरमा पेशाकर्मीहरूकाे भुमिका विषय अन्तरक्रिया कार्यक्रम सञ्चालन निर्णय पनि गरेको छ ।
प्रतिक्रिया