'ऐँचो पैँचो'को ट्रेलर: चुनावमा हुने रस्साकस्सी र युवाको राजनीतिमा उपस्थितिलाई चित्रण
आगामी भाद्र १४ गतेबाट प्रदर्शनको हुने फिल्म 'ऐँचो पैँचो'को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
फिल्मको ट्रेलर हेर्दा राजनीतिले देश र समाजमा पाएको प्रभावलाई नजिक बाट देखाउने प्रयास गरेको बुझ्न सकिन्छ । फिल्मको सार्वजनिक २ मिनेट ३० सेकेण्ड लामो ट्रेलरमा चुनावमा हुने रस्साकस्सी र युवाको राजनीतिमा उपस्थितिलाई चित्रण गरिएको छ । फिल्मका यसअघि सार्वजनिक टिजर र गीतले दर्शकको राम्रो साथ पाएकाले पनि ट्रेलरले अझै धेरै दर्शकलाई हलसम्म तान्ने विश्वास निर्देशक कृषा चौलागाईको छ ।
फिल्मको ट्रेलर रिलिज कार्यक्रममा नेकपा एसका नेता एवम् पूर्व पर्यटन तथा संस्कृति मन्त्री प्रेम बहादुर आले प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए । उनले पछिल्लो समय नेपालमा चलिरहेको राजनीतिक अस्थिरतालाई फिल्मले उठान गरेकाले आफ्नो मन छोएको बताए । फिल्मको सार्वजनिक ट्रेलर हेर्दा 'ऐँचो पैँचो' उत्कृष्ट बनेको महसुस गरेको बताए ।
नेपालमा यस्तो विषय वस्तुमा अझै धेरै फिल्म निर्माण हुन जरुरी भएको भन्दै फिल्म निर्माण अगाडी फिल्मको कथामा आफूलाई पनि समावेश गरेको भएको थुप्रै नयाँ कुरा फिल्ममा आउन सक्ने बताए । तर पनि फिल्ममा जति आएका छन्, यी कुरा मात्रै पनि दर्शकलाई हलसम्म ल्याउन पर्याप्त भएको उनको भनाई छ । उनले भदौ १४ गते आफू परिवार सहित हलमा गएर फिल्म हेर्न पनि घोषणा गरे ।
फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।
केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माताको रूपमा रहेका छन् । फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पार्श्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणाको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रणव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।
प्रतिक्रिया