‘डिग्री माइला’ निर्माण घोषणा, रिलिज आउँदो नयाँ वर्ष
फिल्म ‘डिग्री माइला’निर्माण हुने भएको छ ।
‘कबड्डी ’ फेम्ड निर्माता एवं निर्देशक रामबाबु गुरुङले 'किन चाउरीयो मरिच, आफ्नै रागले' ट्यागलाइन दिर्दै 'डिग्री माइला : म थर्ड क्लास' घोषणा गरेका हुन् ।
फेसबुकमार्फत गुरुङले एक पोस्टर सर्वजनिक गर्दै उक्त फिल्मको औपचारिक घोषणा गरेका हुन् । साथै, आगामी नयाँ वर्ष २०८१ लाई फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ ।
निर्देशक गुरुङले लेखेका छन्, 'बाँसुरी फिल्म्सकै ब्यानरले निमार्ण गर्न लागेको हाम्रो आगामी फिचर फिल्म 'डिग्री माइला : म थर्ड क्लास' घोषणा गर्न पाउँदा खुसी लागेको छ, जुन नेपाली नयाँ वर्ष २०८१ मा रिलिज हुने छ।'
यस फिल्मलाई बाँसुरी फिल्मसले प्रोडक्सनले निर्माण गर्नेछ । शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित भएर फिल्म बन्ने बुझिएको फिल्ममा गुरुङकै निर्देशन रहने छ । निर्देशक गुरुङको उक्त पोस्टबाट फिल्म कमेडी जनरा हुने बुझ्न सकिन्छ ।
फिल्मको मुख्य भूमिकामा दयाहाङ राईसहित विजय बराल, बुद्धि तामाङ हुने बुझिएको छ । तर, अहिलेसम्म कलाकारको लाइनअप घोषणा गरिएको छैन ।
प्रतिक्रिया