केकीलाई ‘प्रसाद २’को असफलता ‘जय हो’ले बिर्साउला कि झनै बल्झाउला ?

फिल्ममा अभिनय गर्न होस् या प्रचारमा नै किन नहोस्, नायिका केकी अधिकारी निकै गम्भिर भएर लाग्ने गर्छिन् । फिल्मको सफलतामा खासै भाग्यमानी नभएपनि केकीको यही बानीका कारण उनले निरन्तर काम पाइरहेकी छिन् । केकीको करिअरमा ‘छ माया छपक्कै र झिंगे दाउ’ मात्र हिट फिल्म छन् । अरु, फिल्मले गतिलो व्यापार गर्न सकेका छैनन् । 

यो बर्ष रिलिजमा आएको ‘प्रसाद २’बाट राम्रो प्रतिक्रिया पाउने नायिका केकी अधिकारीको आशा थियो । तर, फिल्म व्यापारिक रुपमा सफल नहुँदा केकीलाई झट्का लाग्यो । गतबर्ष ‘झिंगे दाउ’बाट पाएको सफलता केकीले लामो समयसम्म सेलिब्रेशन गर्न पाइनन् । 

उनै, केकीले हाल ‘जय हो’को सफ,लताको लागि निकै दौडधुप गरिरहेकी छिन् । फिल्म उनको वरिपरी घुमेको यसको ट्रेलरबाट संकेत मिल्छ । ट्रेलरमा केकीका संवादहरूले नै ज्यादा स्थान पाएका छन् । यसका अलावा दर्शक आर्कर्सित होलान् भन्ने हेतु ट्रेलरमा ३ गीत र २ एक्सनलाई समावेश गरिएको छ । यदधपी गीत संगीतले दर्शक माझ खासै लोकप्रियाता हासिल गर्न सकेको छैन । द्धोन्द्धका दृश्य पनि खासै ध्यान तानने खाल्का छैनन् । यस्तोमा केकीले यो फिल्मको कथानक मै भर पर्नु पर्ने देखाएको छ ।

फिल्मका निर्माता शोभित बस्नेतले केकीको तारिफ गरिरहेका छन् । फिल्मले राम्रो व्यापार गरेमा केकीलाई सफलताको स्वाद मिल्ने छ । अन्यथा 'प्रसाद २' को असफलताको अर्को आहत थपिने छ । आशा गरौँ जय हो सुपर हिट साबित हुने छ ।