‘एैँचो पैँचो’ले पुष्टी गर्छ स्वस्तिमाको क्रेज

निरन्तर फ्लप फिल्म दिइरहेकी नायिका स्वस्तिमा खड्काका लागि भदौ १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘एैँचो पैँचो’ विशेष छ । किनकी, यो फिल्मले स्वस्तिमाका निरन्तर फ्लप फिल्मको श्रृङ्खला रोक्न छ । कृषा चौलागाइको निर्देशनमा तयार भएको यो फिल्मको प्रचारमा स्वस्तिमा जोडतोडका साथ लागिरहेकी छिन् । फिल्मको कथावस्तुबाट उनी उत्साहित छिन् । 

यो बर्ष स्वस्तिमाको ३ वटा फिल्म रिलिज हुने पक्का भैसकेको छ । तर, उनका लागि ‘पशुपति प्रसाद २ः भष्मे डन र दिमाग खराब’को व्यापारले खासै फाइदा हुदैन । किनकी, यी दुबै मल्टिस्टारर फिल्म हुन् । तर, ‘एैँचो पैँचो’ चलाउनुपर्ने दबाब स्वस्तिमाको काँधमा छ । 

स्वस्तिमा खड्का नेपाली फिल्म क्षेत्रकी पछिल्लो पुस्ताकी सर्वाधिक व्यस्त नायिका हुन् । उनीमाथि लगानी गर्न निर्माताहरु पनि लागिपरेको पाइन्छ । तर, जुन खालको लोभलाग्दो उचाई उनको फिल्मी बजारमा बनेको छ, त्यो अनुसार बक्स अफिसले उनलाई साथ दिइरहेको छैन । 

फिल्मको टिजर हेर्दा स्वस्तिमाको क्यारेक्टर फिल्ममा बलियो रहेको देखिन्छ । अब, फिल्मको ट्रेलरले उनको भूमिका र अभिनय अझै प्रष्ट पार्नेछ ।