फिल्मको व्यापार जे सुकै होस्, तर रिजालको गति रोकिएन
भदौको १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘गणपति’का निर्माता हुन् रामप्रसाद रिजाल । उसो त रिजालको निर्माणमा बनेको यो पहिलो फिल्म भने होइन ।
रिजालले गतबर्ष फिल्म ‘डिसेम्बर फल्स’ निर्माण गरेका थिए । यो फिल्म बक्स अफिसमा चम्किएन । यसअघि उनले ‘कायरा, धुवाँ यो नशा’ जस्ता फिल्म पनि निर्माण गरे । निरन्तर फिल्म निर्माण गरेपनि उनी व्यापारिक रुपमा भने त्यती सफल हुन सकेका छैनन् ।
फिल्म व्यापारिक रुपमा सफल हा्स् या नहोस्, रिजालले आफ्नो निर्माणको पाइला भने रोकेका छैनन् ।
फिल्म ‘गणपति’ अरु नै निर्माताको हातबाट किनेका रिजालले यसैबर्ष फिल्म ‘काजी’ पनि निर्माण गर्दैछन् । रिजालले आफूले अब बर्षमा कम्तीमा २ वटा सम्म फिल्म बनाउने बताए ।
फिल्म ‘गणपति’को कथावस्तु शक्तिशाली रहेकाले पनि चल्ने कुरामा विश्वस्त भएका रिजाल दर्शकलाई मनपर्ने कथामा फिल्म बनाउन आफू सधै अग्रसर रहेको बताउँछन् ।
फिल्म निर्माणमा रामप्रसाद रिजाल व्यस्त हुँदा उनका भाई लक्ष्मण रिजाल फिल्म निर्देशनमा सक्रिय छन् । रिजाल एण्ड रिजाल फिल्मस्बाट निरन्तर फिल्म बनाउँदै आएका यी दाजुभाइलाई फिल्मको व्यापारले कुनै पनि फरक परेको छैन ।
केही फिल्म बक्स अफिसमा असफल हुँदा निर्माताहरु पलायन नै हुने अवस्था फिल्म क्षेत्रमा व्याप्त छन् । तर, रामप्रसादले भने फिल्मबाट सफलताको स्वाद नचाखे पनि निर्माणलाई रोकेका छैनन् ।
फिल्म क्षेत्रप्रति आफ्नो मोहकै कारण आफूले निरन्तर फिल्म निर्माण गरेको उनी सुनाउँछन् ।
प्रतिक्रिया