‘गणपति’को कथा बेजोड छः निर्माता रिजाल


सुरुवातमा अर्की निर्माता भएपनि जेठ महिनापछि भने भदौको १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘गणपति’लाई रिजाल एण्ड रिजाल प्रोडक्शनले खरिद गर्यो । अब, फिल्मको सम्पूर्ण अधिकार निर्माता रामप्रसाद रिजालमाथि छ । 
आफैले फिल्म निर्माण गर्दा त निर्माता चल्छ कि चल्दैन भनेर डराउनुपर्ने अवस्थामा अरुले बनाएको फिल्म निर्माता रिजालले किन खरिद गरे त ?

उनी भन्छन्–‘यो फिल्म हेरेपछि म निकै उत्साहित भएँ । किनकी, यसको कथावस्तु वेजोड छ । निर्देशक सविन अधिकारीले फिल्म गज्जब बनाएका छन् । फिल्मको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनय देखेपछि फिल्म चल्नेमा ढुक्क भएर मैले खरिद गरेको हुँ ।’

गतबर्ष रिजालले फिल्म ‘डिसेम्बर फल्स’ निर्माण गरेका थिए । तर, यो फिल्मबाट उनी डुबे । यसपटक भने ‘गणपति’ले आफूलाई  उठाउनेमा उनी ढुक्क छन् ।’

फिल्ममा मुकुन भुषाल, मेनुका प्रधान, प्रकाश घिमिरे, सूर्यमाला शर्मा, राजाराम पौडेल, अन्सु महर्जन, पुष्कर गुरुङ, जयनन्द लामा लगायतको अभिनय छ । 

फिल्म ‘गणपति’ले मानिसलाई अहिलेको समाजले कसरी भगवान् बनाउँछ भन्ने कथा प्रस्तुत गर्दछ । समसामयिक बिषयमा निर्माण भएको र सामाजिक कथा बोल्ने भएकाले पनि दर्शकले मन पराउने निर्माता रिजालको विश्वास छ ।