सारुककी आमाको गुनासो–‘परिवारलाई थाहै नदिई प्रहरीले सुसाइड नोट सार्वजनिक गर्यो’
नायक सारुक ताम्राकारको सुसाइड नोट प्रहरीले मिडियामार्फत सार्वजनिक गरेपछि उनको परिवारले गुनासो गरेको छ । मेरो फिल्मसँग कुरा गर्दै सारुककी आमा रुक्मणी ताम्राकारले प्रहरीले यो बिषयमा परिवारलाई जानकारी नै नदिएको भन्दै गुनासो गरेकी छिन् ।
सारुककी आमा यतिबेला प्रहरी प्रभाग, टेकु पुगेकी छिन् । वुझिएअनुसार, सारुकको निधनमा परिवारले किटानी जाहेरी दिने तयारी गरेको छ । कसको विरुद्धमा परिवारले किटानी जाहेरी दिन लागेको हो, यो खुलेको छैन ।
सारुकका पिता सानु ताम्राकार बिरामी भएर शनिबारदेखि अस्पताल भर्ना भएका छन् । आमा रुक्मणीसहित सारुकका परिवारका अन्य केही सदस्यले आज प्रहरीमा किटानी जाहेरी दिने बुझिएको छ ।
प्रतिक्रिया