सारुकका पिता सानु ताम्राकार अस्पताल भर्ना


असारको २१ गते नायक सारुक ताम्राकारले आफ्नै निवासमा आत्महत्या गरे । सारुकको निधनले उनको परिवारमा गहिरो चोट पुगेको छ । एक मात्र छोराको निधनले उनका माता पितामा गहिरो चोट पुगेको हो । 

सारुकको निधनपछि मिडियामा विभिन्न प्रकारका समाचारहरु आए । चलचित्र कलाकार संघले पनि सारुकको निधनको गहिरो छानबिन गर्न प्रहरीसँग माग गरेको थियो । तर, कसैको पनि किटानी जाहेरी नपरेकाले प्रहरीले यो घटनालाई गम्भिर रुपमा छानबिन अगाडि बढाएको छैन । सारुकको घर अगाडिको सीसीटीभ फुटेज प्रहरीले संकलन गर्यो । सारुकले अभिनय गरिरहेको फिल्म ‘ह्यासट्याग माया’का निर्देशक र निर्मात्रीसँग प्रहरीले सोधपुछ गर्यो । 

छोराको पिरले शिथिल बनेका कलाकार सानु ताम्राकार अस्पताल भर्ना भएका छन् । उनी शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएको श्रोतले मेरो फिल्मलाई जानकारी गराएको छ । 

श्रोतले मेरो फिल्मसँग भन्यो–‘डाक्टरका अनुसार छोराको निधनको पिरले उहाँ निकै शिथिल हुनु भएको छ । साथमा उहाँको किड्नीमा समेत केही खराबी देखिएको छ । जसकाकारण, शनिबारदेखि अस्पतालमा भर्ना हुनु भएको हो । डाक्टरका अनुसार उहाँको अवस्था गम्भिर छ ।’