भदौबाट सुरु होला नेपाली फिल्मको सुखद दिन ?
‘जारी’ फिल्मले बम्पर कमाई गर्दै गर्दा यसपछि रिलिज भएका सबै फिल्मले पानी पनि भन्न पाएनन् । नेपाली फिल्मको यस्तो हबिगत हरेक बर्ष देखिन्छ । बक्स अफिसमा देखिएको खडेरी व्यापार कहिलेबाट रोकिएला ?
आम फिल्मीकर्मीको आशा भदौबाट रिलिज हुन लागेको फिल्महरुले सुखद दिन फर्काउने छ । भदौमा आशा गरिएका धेरै फिल्महरु रिलिज हुँदैछन् । यतिमात्र होइन, भदौपछि दशैं र तिहारमा रिलिज हुन लागेका फिल्मले पनि व्यापारमा छलाङ मार्ने अपेक्षा गर्न सकिन्छ ।
फिल्म रिलिजको लाइनअप मात्र होइन, फिल्म निर्माणको लाइनअप पनि भदौपछि राम्रो देखिएको छ । नाम चलेका ब्यानर, नाम चलेका कलाकारको फिल्मको छायांकन सुरु हुँदैछ ।
यसैले, ‘जारी’ पछि देखिएको खडेरी भदौपछि तोडिने आशामा धेरै फिल्मीकर्मी छन् । फिल्मको व्यापारमा दयनीय अवस्था सिर्जना भएपनि फिल्म निर्माणको काम भने द्रुत गतिमा अगाडि बढिरहेको छ ।
निरन्तर फिल्महरु असफल भएपनि मेकरलाई फिल्म निर्माणमा उर्जा प्राप्त हुँदैन । यसैले पनि फिल्मको व्यापार सुखद हुन आवश्यक छ । यसैले, अधिकांश मेकरको ध्यान भदौमा रिलिज हुन लागेका फिल्ममाथि नै देखिन्छ छ ।
भदौमा ‘हिड्दा हिड्दै, जुलेबी, जय हो, महानगर, गणपति, एैँचो पैँचो, नांगो गाउँ र एक भगवत् गीता’ रिलिज हुँदैछन् ।
प्रतिक्रिया