दीपकराजले छाडे राजनीतिक कथा, दीपाश्रीको निर्देशनमा सामाजिक कथामा फिल्म बन्दै
फिल्म ‘छक्का पन्जा’बाट दीपकराज गिरीले राजनीतिक कथामा फिल्म बनाए । यो फिल्म नेपाली फिल्म क्षेत्रका लागि ट्रेन्ड सेट गर्ने फिल्म नै बन्यो । यसपछि, नेपालका नाम चलेका निर्देशकहरुले पनि राजनीतिक कथामा फिल्म धमाधम बनाइरहेका छन् । रिलिज हुन लागेको अधिकांश फिल्मको कथा राजनीतिक बिषयवस्तुमै केन्द्रित छ ।
अन्य मेकरहरु राजनीतिक बिषयवस्तुमा केन्द्रित भैरहँदा दीपकराज गिरी र उनको टिम भने फेरि सामाजिक कथामा नै फर्किदैछ ।
मंसिरको १ गतेबाट रिलिज हुन लागेको नयाँ फिल्ममा दीपकराज गिरीले सामाजिक कथालाई नै प्रस्तुत गर्ने बताए । यो फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गर्दैछिन् । फिल्म ‘छक्का पन्जा ३’पछि दीपाले फिल्म निर्देशन गरेकी छैनन् ।
दीपाश्री निरौलाको निर्देशनमा बन्ने फिल्मको कथा धमाधम लेख्ने काम भैरहेको दीपकराजको भनाई छ । यसपटक समाजमा घट्ने विभिन्न सम्बन्धको कथामा फिल्म बनाउने उनको भनाई छ ।
फिल्मको नाम भने तय भैसकेको छैन । गतबर्ष दीपकराजको टिमले बनाएको फिल्म ‘छक्का पन्जा ४’ले १७ करोड माथिको ग्रस कलेक्शन गरेको थियो । यसैले, यसपटक पनि दीपकको रोजाइमा फिल्म प्रदर्शनका लागि महाशिवरात्री नै पर्ने देखिन्छ ।
प्रतिक्रिया