दयाहाङको तर्क–‘३ प्रतिशत बढी दर्शक बढाउन नसक्नुमा आग्रपूर्वाग्रहले काम गरेको छ’
नेपाली फिल्मले दर्शकको संख्या बढाउन सकेको छैन । केही फिल्मले बम्पर व्यापार गरेपनि अधिकांश फिल्महरुले पानी पनि भन्न नसकेको अवस्था हो । किनकी, नेपाली फिल्मको बजारमा आम जनसंख्याको ३ प्रतिशत पनि दर्शक केन्द्रित छैनन् । हलमा गएर फिल्म हेर्ने दर्शकको संख्या ३ प्रतिशत भन्दा माथि जान नसक्नु आफैमा दुखद कुरा हो ।
आर्थिक बर्ष २०७९–८० को आँकडा हेर्ने हो भने पनि नेपाली सर्वाधिक धेरै कमाई गर्ने फिल्महरु ‘छक्का पन्जा ४ र जारी’ले ३ प्रतिशत हारहारीमा दर्शक तानेका छन् । अरु, फिल्मको आँकडा यो भन्दा निकै कमजोर छ । आखिर, नेपाली फिल्मले ३ प्रतिशत भन्दा बढी दर्शक हलसम्म तान्न नसक्नुको कारण के होला ?
यो बिषयमा नायक दयाहाङ राई भन्छन्–‘हामीले गरेको कामको समीक्षा गर्न आवश्यक छ । हामीले दर्शकलाई मनपर्ने स्वादमा फिल्म बनाउन सकिरहेका छैनौं । विशेषगरि, यसमा हाम्रो आग्रपूर्वाग्रहले पनि काम गरेको हुनुपर्छ ।
हामीले मनदेखि नै इमान्दार भएर कथा भन्न सक्यौं भने पक्कै पनि चल्छ । किनकी, हलसम्म दर्शक आफ्नो कथा हेर्न आउनुहुन्छ । तर, पछिल्लो समयलाई हेर्ने हो भने धेरै फिल्मले लगानी सुरक्षित गर्न सकेका छन् । यो राम्रो संकेत हो ।’
दया अभिनित ‘कबड्डी’ सिरिज र ‘जारी’ले २ प्रतिशत भन्दा बढी दर्शक हलसम्म तान्न सकेका छन् ।
प्रतिक्रिया