अभिनेत्री सुरक्षा फरेभर वाइएनजीको नयाँ ब्रान्ड एम्बेसडर

प्रख्यात ब्यूटी एन्ड केयर ई–कमर्स प्लेटफर्म फरेभर वाइएनजीले उच्च अभिनेत्री सुरक्षा पन्तलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ । फरेभर वाइएनजीले सुरक्षालाई एम्बेसडर बनाएपछि नयाँ ब्रान्ड पहिचान र सौन्दर्य उद्योगमा फरेभर वाइएनजीको उपस्थिति विस्तार गर्ने क्रममा फराकिलो दायराको दर्शकहरूसँग जोडिने प्रतिबद्धताको सुरुवात गरेको जनाएको छ ।

फरेभर वाइएनजीका संस्थापक तथा सीईओ शक्ति थापा भन्छन्, ‘सुरक्षा पन्तलाईँ फरेभर वाइएनजी परिवारमा स्वागत गर्न पाउँदा हामी निकै उत्साहित छौं । उनको असाधारण प्रतिभा, आफ्नो काम प्रतिको लगाव र साहसी व्यक्तित्व हाम्रो ब्रान्डको दर्शनसँग मिल्छ, जुन हाम्रो नयाँ लोगोमा पनि झल्किएको छ । सँगै मिलेर, हामी हाम्रो अभियान ‘आइ एम फरेभर वाइएनजी’ मार्फत प्रत्येक व्यक्तिलाई आफ्नो सुन्दरता र विशिष्टता अँगाल्न प्रेरित गर्ने लक्ष्य राखेका छौँ ।’

एक हप्तासम्म आफ्ना दर्शकसामु सामाजिक सञ्जालद्वारा फरेभर वाइएनजीको नयाँ पहिचानको टिजरहरु सार्वजनिक गर्दै अन्ततः होटल हिमालयमा एक विशेष कार्यक्रमका साथ आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको खुलासा गरिएको हो । अभिनेत्री सुरक्षाले ब्रान्डप्रतिको आफ्नो प्रतिबद्धतालाई जोड दिएकी छन् ।
सुरक्षाका साथमा पुर्व मिस नेपाल उषा खड्गी र 

मोडलहरु श्रीयां सुपिया, अदिती अधिकारी र अशिम रानाभाटलाई पनि ब्रान्डको नयाँ क्याम्पेन ‘आइ एम फरेभर वाइएनजी’ मा आबद्ध गराएको संस्थापक थापाले जानकारी दिएका छन् । यस अभियानले सौन्दर्य र जोशको कुनै उमेर हुँदैन भन्ने कुरामा जोड दिनेछ ।