‘जारी’को सय दिनको सेलिब्रिशनमा दया र मिरुनाले साटे खुशी
वैशाखको १ गतेबाट नेपालभरका हलमा रिलिज भएको फिल्म ‘जारी’ले गौरवमय सय दिन पुरा गरेको छ । फिल्म प्रदर्शनको सय दिन पुरा भएको अवसरमा यसका मुख्य कलाकार, निर्माणपक्ष मुख्य हलहरुमा पुगिरहेको छ ।
काठमाडौंको एफक्यूब हलमा पुगेर नायक दयाहाङ राई, नायिका मिरुना मगर, कलाकार कमलमणी नेपाल, कलाकार रेखा लिम्बु, निर्देशक उपेन्द्र सुब्बा, निर्माता मणीराम पोखरेलले दर्शकसँग खुशी साटे । उनीहरुले, दर्शकको साथकै कारण नै फिल्मले सय दिन मनाउन सफल भएको बताए ।
यो फिल्मले एफक्यबु, सिभिल मल सुनधारा र बीग मुभिजमा सय दिन मनाउन सफल भएको हो । ५ बर्षपछि नेपाली फिल्मले प्रदर्शनको सय दिनको रेकर्ड राख्न सफल भएको हो ।
लिम्बु संकृतिमा हुने जारी प्रथाको कथामा निर्माण भएको फिल्मलाई दर्शकले निकै रुचाए । फिल्मले बक्स अफिसमा १७ करोड भन्दा माथिको ग्रस कलेक्शन गर्यो । यो फिल्मको ६ लाख भन्दा बढी टिकट विक्री भएको छ ।
फिल्म ‘जारी’पछि रिलिज भएका कुुनै पनि फिल्मले बक्स अफिसमा कमाई गर्न सकेका छैनन् । यसैले, ‘जारी’को व्यापार नेपाली फिल्मका लागि महत्वपूर्ण देखिएको छ ।
फिल्मका नायक दयाहाङ राइले फिल्मले सय दिन मनाउँदा खुशी लागेको भन्दै यो फिल्म सय बर्षपछि हेर्दा पनि पुरानो नलाग्ने बताए । यस्तै, नायिका मिरुना मगरले दर्शकको यति अपार माया पाउँदा खुशी लाग्ने सुनाइन् ।
प्रतिक्रिया