वान सिनेमाजमा मात्र लुङा, दिएनन् अन्य हलले शो

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘लुङा’ ले काठमाडौं उपत्यकाको एक हलमा मात्र शो पाएको छ । किरण राई निर्देशित फिल्मले वान सिनेमाज अन्तरर्गत नयाँवानेश्वर र कालिमाटीमा मात्र शो पाएको हो ।

योसँगै रिलिज भएका दुई विदेशी फिल्म ‘ओपनहेइमर’ र ‘बार्बी’को मारमा नेपाली फिल्म ‘लुङा’ परेको हो । फिल्म ‘लुङा’मा नाम चलेका कलाकारको उपस्थिति नहुनुले पनि यसको फाइदा दुई विदेशी फिल्मले लिएका हुन् ।

वान सिनेमाजबाहेक उपत्यकाका अन्य मल्टीप्लेक्स थिएटरले ‘लुङा’लाई एक शो पनि दिएका छैनन् ।

फिल्म ‘लुङा’मा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भीम शेरमा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीप जंग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् ।