सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप शो’को प्रशारण बन्द
असारको २३ गते नायक पल शाहसँग कार्यक्रम ‘ह्वाट द फ्लप शो’का संचालक सन्दीप क्षेत्रीले कुराकानी गरे । यो शो युट्युब र टेलिभिजनमा प्रशारण भएपछि विवादित बन्यो । पल शाहले बलात्कार जस्तो जगन्य अपराधको बिषयलाई हाँसी मजाक बनाएर प्रशारण गरेको र शोका संचालक सन्दीप क्षेत्रीले पनि यस्तो बिषयलाई हल्का रुपमा लिएको भन्दै चर्को आलोचना भयो । कान्तिपुर टेलिभिजनले यो शो युट्युबबाट हटायो ।
तर, अब यो शोको प्रशारण नै बन्द गर्ने निर्णय कान्तिपुर टेलिभिजनले लिएको छ । टेलिभिजनले आज सार्वजनिक गरेको सूचनामा भनिएको छ–‘महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रशारण समेत पूर्णत रोकिएको जानकारी गराउँछौं । चाडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने विश्वास दिलाउँछौ ।’
कमेडियन सन्दीप क्षेत्रीले संचालन गर्दै आएको यो शो यस अगाडि पनि विवादित बन्दै आएको थियो । तर, यसपटक पात्र छनोटमा समेत गल्ती भएको कान्तिपुर टेलिभिजनले उल्लेख गरेको छ ।
प्रतिक्रिया