५७ वटा नेपाली फिल्मको ग्रस कलेक्शन ७६ करोड, ‘छक्का पन्जा ४’ सर्वाधिक कमाउने फिल्म
चलचित्र विकास बोर्डले आर्थिक बर्ष २०८९–८० मा रिलिज भएका ५७ वटा नेपाली फिल्मको कमाई सार्वजनिक गरेको छ । विकास बोर्डले एक बर्षभरी रिलिजमा आएका नेपाली र विदेशी फिल्मको कमाई सार्वजनिक गरेको हो । जसमध्ये, सर्वाधिक धेरै कमाउने नेपाली फिल्ममा ‘छक्का पन्जा ४’ छ । यो फिल्मले नेपाली बक्स अफिसमा १७ करोड ५२ लाख ९९ हजार १ सय ५९ बराबरको ग्रस व्यापार गरेको छ ।
यो आर्थिक वर्षमा रिलिज भएका ५७ वटा फिल्महरुले ७६ करोड ७२ लाख ५७ हजार १ रुपैयाँ छ । यो बर्ष २७ लाख १६ हजार २ सय १७ वटा टिकट विक्री भएको पनि विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ ।
यस्तै, यही आर्थिक बर्षमा रिलिज भएको अर्को फिल्म ‘जारी’ले १७ करोड १७ लाख ९५ हजार १८ रुपैयाँ ५ पैसा ग्रस कलेक्शन गरेको छ । फिल्म ‘प्रेमगीत ३’ले ७ करोड ७० लाख ३५ हजार ५ सय ५८ रुपैयाँ २६ पैसाको ग्रस कलेक्शन गरेको छ । फिल्म ‘महापुरुष’ले ७ करोड ३८ लाख ९१ ह्जार ९ सय २० रुपैयाँ ११ पैसाको कारोबार गरेको छ । पाँचौ नम्बरमा रहेको फिल्म ‘दुई नम्बरी’ले ३ करोड ८४ लाख ७५ हजार ७ सय ७० रुपैयाँ ८९ पैसाको कारोबार गरेको छ ।
यो आर्थिक बर्षमा सवैभन्दा कम कमाई गर्ने फिल्म ‘सिवानी’ हो । जसको ५ वटा मात्र टिकट विक्री भएको छ भने फिल्मले ५ सय २० रुपैयाँ कमाई गरेको छ । यो आर्थिक बर्षमा जम्मा १० वटा फिल्मले मात्र १ करोडको ग्रस कलेक्शन गरेका छन् । जसमा ‘फूलबारी, झिंगे दाउ, के घर के डेरा, प्रेम गीत ३(हिन्दी डब) र प्रकाश मात्र छन् । अन्य फिल्मको कमाई लाख र हजारमा छ ।
प्रतिक्रिया