‘पञ्चामृत’मा धिरजसँग रोमान्स गर्दै आँचल
निर्देशक मुस्कान ढकालले भदौबाट छायांकन सुरु गर्न लागेको फिल्म ‘पञ्चामृत’मा नायिका आँचल शर्मालाई फाइनल गरेका छन् । आँचलसँग फिल्मका लागि संझौता भएको निर्देशक ढकालले मेरो फिल्मसँग पुष्टी गरेका छन् ।
फिल्म ‘नाई नभन्नु ल ६’ असफल भएपछि केही चिन्तित देखिएकी आँचलका लागि मुस्कानको ‘पञ्चामृत’ संजिबनी बनेको छ ।
यो फिल्ममा नायकद्धय सौगात मल्ल र धिरज मगर फाइनल भैसकेका छन् । फिल्ममा निरुता सिंह, विपना थापा लगायतका कलाकारले काम गर्ने पनि पक्का भैसकेको छ ।
धिरज र आँचलले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् । दुबैले फ्लप फिल्म यसै बर्ष दिएकाले पनि मुस्कानको फिल्मबाट सफलताको आशा राख्न सक्छन् ।
फिल्मको कथावस्तु अहिलेसम्म खुलाइएको छैन । फिल्मको टिम पुरा गरेर पत्रकार सम्मेलन मार्फत नै जानकारी दिने मुस्कानको योजना भने असफल भएको छ । मिडियामा दैनिकजसो फिल्मसँग जोडिएका नयाँ नयाँ खबर सार्वजनिक भैरहेका छन् । यो फिल्मलाई ३ श्रृङ्खलामा बनाउने तयारी मुस्कानको छ । सुरुवातमा उनी फिल्मको दोश्रो श्रृङ्खला बनाउने तयारीमा छन् ।
प्रतिक्रिया