‘हात्तीछाप’को नेपाली र हिन्दी भाषाको डिजिट राइट्स महंगो रकममा विक्री
छायांकन भइरहेको फिल्म ‘हात्तीछाप’को डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ । निर्माता किरण नेपालीका अनुसार, फिल्मको नेपाली र हिन्दी भाषाको डिजिटल राइट्स ओएसआर डिजिटलले महँगो रकममा खरिद गरेको हो । आज निर्माता नेपाली र ओएसआरका प्रमुख ओम अग्रवालबीच कागजी संझौता भएको छ ।
निर्माता नेपालीले फिल्मलाई हिन्दी भाषामा पनि डबिङ गर्ने तयारी भइरहेको सुनाए । उनले भने–‘फिल्मको हिन्दी भाषाको डिजिटल राइट्स अब ओएसआरले जुन कम्पनीलाई पनि बेच्न पाउँछ । हामीले सोही अनुसार संझौता गरेका छौँ ।’
यो फिल्मको छायांकन सुरु भएको एक साता बढी भयो । सिमोस सुनुवारको निर्देशनमा तयार भइरहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, विजय बराल, विल्सन विक्रम राई, राजन खतिवडा, रवीन्द्र झा, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ ।
यो फिल्ममा सुसन प्रजापतिको छायांकन, प्रदीप भारद्वाजको कथा लेखन छ । फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । तर, फिल्मको विदेशका विभिन्न देशको प्रदर्शन अधिकार समेत निर्माता नेपालीले विक्री गरिसकेका छन् ।
निर्माता नेपालीले ओएसआरलाई नेपाली र हिन्दी भाषाको डिजिटल राइट्स महँगो रकममा बिक्री गरिएको खुलाए पनि रकम भने सार्वजनिक गर्न मानेनन् ।
यो फिल्मको नेपाल रिलिज अगावै निर्माता नेपालीले लगानी सुरक्षित गर्ने देखिएको छ ।
प्रतिक्रिया