सारुक आत्महत्या प्रकरणमा प्रहरीले सोधपुछका लागि ‘ह्यासट्याग माया’का निर्माता र निर्देशकलाई बोलायो

नायक सारुक ताम्राकारको आत्महत्या प्रकरणमा प्रहरीले चासो देखाएको छ । प्रहरीले आज सोधपुछका लागि फिल्म ‘ह्यासट्याग माया’का निर्माता शर्मिला थापा र निर्देशक राजीव गुरुङलाई बोलाएको हो । राजीव र शर्मिला प्रहरीले बोलाएपछि महानगरिय प्रहरी बृत्त, मालिगाउँमा पुगेका छन् । 

आज दिउँसो १ बजेर ४१ मिनेटमा प्रहरी वृत्त पुगेका उनीहरु अहिलेसम्म बाहिर निस्किएका छैनन् । प्रहरीले उनीहरुसँग लामै समय सोधपुछ गरिरहेको छ । 

विशेषगरि, फिल्मका निर्देशक राजीव गुरुङले सारुक ताम्राकार सुटिङका क्रममा केही निराश देखिएको मिडिया कुराकानीमा बताएका थिए । असार २१ गते फिल्मको सुटिङ गरेर घर पुगेका सारुकले आत्महत्या गरेका थिए ।