दीपेन्द्रको काँधमा ‘पशुपति प्रसाद २’को चुनौती


‘जारी’ चलेपछि सुनसान बनेको नेपाली फिल्मको बक्स अफिस कहिलेबाट उठ्छ थाहा छैन । वैशाख महिनामा ‘जारी’ बाहेक अरु सबै फिल्म असफल भए । जेठ र असारको त कुरै नगरौ, फिल्मको बक्स अफिस दयनीय नै बन्यो । अब, फिल्मका लागि १० लाख ग्रस कलेक्शन गर्न पनि धौ धौ पर्ने अवस्था आएको छ । दर्शकले कुन फिल्मलाई पत्याउँछन् भन्न सकिने अवस्था छैन । 

भदौ लागेपछि नेपाली फिल्मको बक्स अफिस चलायमान हुन्छ कि भन्ने अपेक्षा फिल्मीकर्मीको छ । यसैबिच, दशैंमा रिलिज हुन लागेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ प्रतिक्षामा छ । निर्देशक दीप्ेन्द्र के खनालको महत्वकांक्षी फिल्मलाई विदेशमा बस्ने नेपालीहरुले त प्रतिक्षामा हेरिसकेका छन् । फिल्मको महंगो विदेशी राइट्सबाट पनि यो कुराको पुष्टी गर्छ । 

यो फिल्मलाई  दर्शकले यो बर्षकै प्रतिक्षित फिल्मको रुपमा हेरेका छन् । ७ बर्ष अगाडि बनेको ‘पशुपति प्रसाद’लाई समीक्षक र दर्शकले निकै रुचाएका थिए । यसैले, पनि यसपटक विपिन कार्कीलाई शिर्ष भूमिकामा लिएर दीपेन्द्रले कस्तो फिल्म बनाए भन्ने चासो सबैलाई छ । 

विपिन कार्की, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, वर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले दशैंमा बम्पर व्यापार गर्ने विश्लेषण भैरहेको छ । यो फिल्मले ‘जारी’को मात्र होइन, ‘कबड्डी ४’को समेत रेकर्ड ब्रेक गर्ने अनुमान गरिएको छ । यसका लागि दीपेन्द्रले आम मानिसले रुचाउने कथामा फिल्म बनाउन आवश्यक छ । 

दीपेन्द्र पनि फिल्मबाट निकै आशावादी छन् । यसैले, फिल्मको छायांकन सक्न उनले २ महिना लगाएका थिए । ‘पशुपति प्रसाद २ः भष्मे डन’को बढ्दो क्रेज र आशाले दीपेन्द्रमाथि ठूलो दबाब भने श्रृजना भएको छ ।