सारुकको निधनको गम्भिर छानबिन गर्न कलाकार संघको माग
नेपाल चलचित्र कलाकार संघले नायक सारुक ताम्राकारको निधनको गम्भिर छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेको छ । अध्यक्ष मोहन निरौलाले जारी गरेको विज्ञप्तीमा सारुकको निधनको छानबिन गरि कोही दोषी देखिएको खण्डमा कानुनी कारबाही गर्न माग गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ–‘स्वर्गिय सारुक निधन हुनुभन्दा अघिल्लो दिनसम्म फिल्म ‘ह्यासट्याग माया’मा अभिनय गरिरहेका थिए । स्वर्गिय सारुक सिंगो फिल्म क्षेत्रमै काम प्रति लगनशील, सालिन र भद्र अभिनेताको रुपमा परिचित थिए ।
उनको निधनलाई लिएर फिल्म उद्योगका सबै पेशाकर्मीहरु शसंकित भइरहेको र यो घटनाको न्यायिक छानबिन हुनुपर्छ भन्ने आवाज उठिरहेकाले सो बिषयमा गहिरो छानबिन गरि सत्य तथ्यलाई प्रकाशमा ल्यादिनका लागि संघ सम्बन्धित निकायसँग माग गर्दछ ।’
फिल्मका निर्देशक राजीव गुरुङले समेत फिल्मको छायांकनका क्रममा भएका विभिन्न घटनाहरु सार्वजनिक गरिसकेका छन् । यसैले, कोही दोषी देखिएको खण्डमा कानुनी कारबाही गर्नुपर्ने माग जोडतोडका साथ उठिरहेको समयमा कलाकार संघ पनि यो बिषयमा बोलेको छ । सारुक कलाकार संघको साधारण सदस्य समेत थिए ।
प्रतिक्रिया