‘बगान’ फेसबुकमा हिट, हलमा कमजोर
शुक्रबारदेखि रिलिजमा आएको नायक सरोज खनाल निर्देशित फिल्म ‘बगान’ले कमजोर ओपनिङ गरेको छ । सुरेश वाग्लेको निर्माणमा तयार भएको यो फिल्मले २ दिनमा १० लाखको व्यापार गरेको छ । यो व्यापार निकै नै कमजोर हो ।
फिल्म रिलिज भएको दिनदेखि नै यसको निर्माणपक्ष र कलाकारहरु हलमा पुगिरहेका छन् । हलमा दर्शकको उपस्थिती भरिभराउ देखिन्छ । तर, केही हलका एकाध शोमा मात्र फिल्मले दर्शकको सुखद साथ पाएकाले फिल्मको ओपनिङ कलेक्शन कमजोर देखिएको हो ।
यो फिल्ममा करिश्मा मानन्धर, प्रमिला कार्की, सरोज खनाल, मिथिला शर्मा, बसुन्धरा भुषाल लगायतका कलाकारको अभिनय छ ।
फिल्मले आज आइतबारदेखि गर्ने व्यापारले यसको लाइफ टाइम कलेक्शन भर पर्नेछ । फिल्मको वर्ड अफ माउथ मिश्रित छ । विशेषगरि, फिल्म हेर्न पुगेका महिलाहरुले यसलाई मन पराएको पाइएको छ ।
फिल्मले महिला सशक्तिकरण र एकल महिलाहरुको कथा भन्छ । एकल महिलाहरुको बिहेको आवाज उठाउने यो फिल्मलाई सरोजले कमर्सियल पाटोबाट भन्दा पनि सन्देशमुलम पाटोबाट निर्देशन गरेका छन् । जसकाकारण, फिल्मले ठूलो वर्गका दर्शकलाई हलसम्म आकर्षण गर्न सकेन ।
प्रतिक्रिया