मोडल कुसुम शर्मा भन्छिन्- मेराे सहने क्षमता छैन, प्लिज मेरो पहिरनमाथि समाचार नबनाउ
मोडल कुसुम शर्माले गायक प्रकाश सपुतको ‘फूलमाया’ गीतमा अभिनय गरेर रातारात हिट भइन् । कुसुमले ‘फूलमाया’ नामबाट खुबै चर्चा पाइन् । धेरैले उनलाई यति बेला उनको वास्तविक नामले भन्दा पनि ‘फूलमाया’ भनेर नै चिन्छन् ।
सकम्बरी बनेकी कुसुमका लागि म्युजिक भिडियो कला क्षेत्रमा प्रवेशको बलियो आधार बन्यो । जसले उनका लागी ठुलो पर्दामा डेब्युको बाटो सम्म खोल्यो। कुसुम फिल्म ‘सञ्जीवनी’मा पनि अनुबन्ध भइ सकेकी छिन्।
अहिले उनै कुसुम आफ्नो पोसाकलाई लिएर बनिरहेका टिप्पणी र गसिपबाट आत्तिएकी छन् । उनले आफूसँग आलोचना सहने क्षमता नभएको प्रस्टोक्ति व्यक्त गरेकी छन् ।
हरेक गतिविधिलाई नजिकबाट नियालिरहेका उनका फ्यान देखि मिडियाहरूले जसमा सानो गल्तीमा पनि उनले ठूलो प्रतिक्रिया खेप्नुपर्ने अवस्था भइरहेको छ । उनका प्रशंसकहरूले ट्रोल गर्न थालेका छन्। साथै, सफलताले मात्तिएको भन्दै आलोचना गर्न सम्म भ्याएका छन्।
केही दिन अगाडि शरीरको माथिल्लो भाग अलि खुल्ला भएको गाउन लगाएको उनको भिडियो क्लिप टिकटकमा बाहिरिएको थियो। जुन गुलाबी गाउनले उनलाई आलोचनामा पार्यो। उक्त भिडियो अरूले नै टिकटकमा हालिदिएका थिए । उनले त्यो भिडियो हटाउन आग्रह पनि गरिन् ।
कुसुममाथि नाना थरी गालीगलौज र नकारात्मक टिप्पणी र मिडियामा गसिप आएपछि यही सन्दर्भमा उनले स्ट्याटस लेख्दै आफूलाई कहिलेकाहीँ मर्न मन लाग्ने बताएकी छन् ।
उनले फेसबुकमा स्ट्याटस लेखेकी छिन्- 'कहिलेकाहीँ मलाई महसुस हुन्छ कि म मर्न चाहन्छु । आत्महत्या होइन, खाली मर्न चाहन्छु । मलाई थाहा छैन किन हो । तर, यस्तो फिलिङ आइरहन्छ कि म पहिल्यै मरिसकेकी छु । प्लिज, प्लिज मेरो ड्रेसको बारेमा समाचार बनाउन बन्द गर्नुहोला । म एउटा न्यूकमर हुँ । मसँग सहन गर्ने क्षमता छैन ।'
प्रतिक्रिया