‘हेकिलप्टर’बाट फिल्मको निर्देशक बन्दै मुकुन भुषाल


नेपाली फिल्म क्षेत्रमा ‘बुलबुल’ फिल्मबाट प्रवेश गरेका कलाकार मुकुन भुषाल अब निर्देशक बन्ने भएका छन् । मुकुनले नयाँ फिल्म ‘हेलिकप्टर’ निर्देशन गर्ने पक्का भएको छ । 

यो फिल्ममा सुदर्शन थापा, सत्यराज चौलागाँई र बसन्त निरौलाको निर्माणमा सहकार्य हुनेछ । फिल्म ‘हेकिलप्टर’लाई विश्वका विभिन्न देशमा आयोजना हुने महोत्सव केन्द्रित बनाउन लागिएको निर्माणपक्षले बताएको छ । 

निर्माणपक्षका अनुसार, यो फिल्मले एक बालकको मानसिक कथालाई भन्नेछ । फिल्मलाई हलमा रिलिज गर्ने योजनामा यसको निर्माणपक्ष छैन । 

फिल्मको बजेट पनि धेरै नहुने बताइएको छ । मुकुनले अभिनय गरेको ‘गणपति र ऐंचो पैंचो’ भदौ १४ गतेबाट रिलिजमा आउँदैछन् । यही बिचमा उनी फिल्म निर्देशनतर्फ ढल्किएका छन् ।